☰ open Loading... 17 April 2024|  

मायाको सपनामा सिमित मान्छे
  | २५ भाद्र २०७३, शनिबार १५:००

rastra

सपनामा समेत मलाई निदाउन दिइनौ । अब तिमी सपनामा पनि कहिल्यै नआउनु मलाई अप्ठ्यारो हुन्छ रु तिमिलाइ के थाहा माया केहो भनेर ?

तिमी त रुवाउन खप्पिस मान्छे, दुनिया रुवाउँदै हिड्ने । मन दुखाऊनेहरुलाई के थाहा १ हाँस्न त परै जावस्, रुन पनि धेरै अप्ठ्यारो हुन्छ भनेर । वास्तवमा तिम्रा लागी ज्यान दिन्छु भन्नेहरू नै विछोडको चोटहरु दिएर पलपल मार्दा रहेछन् जिउदै । प्रेम हाँसो अनि आँशु दुवै हो ।

हाँसाउन जान्नु पर्छ रुवाउँन होईन म, ढुक्क भएर भन्छु संसारका शक्ति एउटा प्रेम र अर्को याद अतित रु याद अतित पनि धेरै शक्तिशाली लाग्छ मलाई, जस्तो अवस्थामा पनि मान्छेलाई रुवाई दिन्छनन् मनै फेरि दिन्छनन् ।

मनमा चोेट लागेपछि आँखाबाट आँशु झर्छ । जति सम्हाल्न खोज्यो त्यो भन्दा धेरै आँशु बगि दिन्छ । फेरि सबैको मन हुन्छ त्यहि मनले कसैलाई संसारको खुसी दिएको हुन्छ त कसैले–कसैलाइ आँशुको रारामा चुरलुम्म डुवाएको हुन्छ ।

रुवाउँदै हिन्नेहरु अरुको मन दुख्छ है भनेर किन बुझ्लान र रु साँच्चै हिजो आज म हाँस्न सिक्दै छु नजानी नजानी भएपनि बल्ल थाहा पाए ! पीडाको औसषी अरु केहि नभएर हाँसो मात्र रहेछ भन्ने कुरा । मलाई माया लाग्छ रुवाउँनेहरु प्रति अनिहरुको त्यो कला देखेर, हो रुवाउन पनि एउटा कला चाहिने रैछ ।

दुःख नभई सुःख हुदैन, आँखाहरूबाट आँशु नझरि ओठमा हाँसो फल्दैन रे, भन्छन भन्नेहरु त, धेरै मान्छेहरू भित्र पीडा लुकाई बाहिर फिस्स हाँस्ने गर्छन् समाजको अगाडि, फेरि म पनि त्यस्तै, तिम्रो अनि मेरो समाज भनेको मान्छेको खिल्ली उडाउन एक छन विचार गर्नु ।

मलाइ छोडेर कहाँ गयौ, गयौ तिमि रु कहिल्यौ न, आउँने गरि तर तिम्रा सपनाहरुले मलाई छोडेका छैनन् । हर रात आउँछन सिरानि भिजाएर जान्छन । मलाइ पनि रातै भरी घ्वाँक घ्वाँक रुन गराउँछ ।

मस्त निद्रामा लठ्ठ हुने मन थियो । तर तिमि सपनिमा आउँछौ र जान्छौ । आफु भने के गर्नु, पहिले पहिले त मलाई आनन्द लाग्थ्यो, हिजो आज मन खिन्न हुन्छ ।

Break-up

एउटै चिज धेरै खाँदा नमिठो लाग्छ रे । मलाइपनि त्यतै भएको हुन सक्छ । तिम्रा याद अनि अतित सपनामा धेरै भएर होला ठिक नलागेको । भन्थ्ये भन्नेहरु त, प्रेमले मान्छेलाइ अर्कै दुनियामा लिन्छ । तर मलाई खासै लागेन, मेरो भनाई गलत हुन सक्छ ।

प्रेममा तड्पिनु र बलेको आगोमा हाम फाल्नु एउटै हो । भन्थे साँचै हिजो आज मलाई हो कि जस्तो लाग्छ । म कति पटक अस्पतालमा गए । तर सबै रोगहरुको औषधी पाइयो ? तर मेरो रोगको भने कहि कतै पाइएन ।

अरु चोटहरुभन्दा मान्छेले दिएको चोट धेरै फरक हुदो रहेछ बेलाबेला च्वास, च्वास दुख्ने । चोट दिनेपनि मान्छे अनि चोट मेटाउने पनि मान्छे रहेछ । वैज्ञानिकहरुले क्रित्रिम मानव बनाए । अनि विभिन्न किसिमको रोगहरुको औषधि बनाए ।

विश्व ध्वस्त बनाउँने वम बनाए । दुनियालाई हातमा राखे र हातमा नचाए पनि । तर, मान्छेका दुःख पीडा ध्वस्त गर्ने एक ट्याबलेट भने बनाउन सकेनन् ।

म तिम्रो जिन्दगिमा एउटा तितो अतित अनि सम्झना भएर रुवाउँन होईन । सुख दुःखको सारथी भएर सधै सधैको लागि तिम्रो त्यो ओठमा हाँसो फलाउन चाहन्थे ।

तर तिमि आफैले मेरो मन जलायौ मेरा आँखाहरुमा आँशु फलाई दियौ । म पनि सोच्छु किन देखाउनु दुःख पिर आखिर देखाएर के नै पाउनु छ र । अब लुकाउँछु यसलाई, तर आँशुले मान्दै मान्दैन जति लुकाउन खोज्यो त्यति धेरै बग्छ सायद आँशुले पिर नसहेर ने रैछ क्यारे १

कहिल्ये काँही तिम्रो त्यो बस्ति तिर अनायसै आँखा डुलाउँन मन लाग्छ किन किन, आँखाले भन्छ नहेर त्यता । तर मनले जवरजस्ति गर्छ एक छिन भएपनि हेर्छु । तिमि थियौ त दिनहरु भन्दा अँधेरी रात, मनपर्थे । तिमी छौँनौँ त्यसैले न, दिनहरु मन पर्छ न ति अँधेरी रातहरु । हिजो आज जिन्दगि पनि खल्लो खल्लो लाग्छ आफैलाइ ।

मान्छेको जात पनि कस्तो कस्तो ! आफै रहरहरु जोगाउने पछि तिनै रहरहरु सजिलै मारेर जाने । संसारमा महिला र पुरुष मान्छेको जात भए, जस्तै मनको पनि दुई प्रकारको जात हुदो रहेछ, कसैको हँसाऊने मन त । कसैको धरधरी रुवाउने मन ।

कतै सुनेको थिए, बगेको पानीले मान्छेलाई शितल दिन्छ ? तर आँखाबाट बगेको पानीले सितल त परै जावस् मन पोल्दो रहेछ । यहाँ वन जलाऊनेहरुलाई कानुन लाग्छ । तर, मन जलाउनेहरुलाई  कहिल्यै कानुन लाग्दैन ।

धेरै फष्टाएको हुन्छ उनीहरुको व्यवसाय । आखिर कानुन लाग्ने भै दिए रु तिमिलाई पनि लाग्थ्यो होला ।

यदि मनमा लागेको दाग १ साबुन पानीले पखालेर जाने भैदिए, कति जाति हुन्थ्यो होला है । तबसम्म सपनाहरु आस लाग्दा रहेछन जवसम्म सपना देखाउँने मान्छे मनमा छ । त्यति वेला सपनाहरु पनि खल्ला खल्ला लाग्दा रहेछन ।

सपना देखाउँने मान्छे सपनामै सिमित हुन्छ र, ति आशाहरु मरेर सपनाका सपना मात्र हुँदा रहेछन ।

तिमी आफै भन्थ्यौ अरु चिजहरुको कमि होला । तर, मायाको कमि कहिल्यै हुन दिने छैन । अचेल तिम्रा सपनाहरु धेरै फस्टाएका छन । एक पटक तिम्रो तस्विर मेरो सिरानि मुनि हुन्थ्यो ! तर, हिजो आज त्यो तस्विर म संग छैन ।

मान्छे साथमा छैन । तस्विरको के काम भनेर च्यातेर फाल्दिए । आखिर मलाई रुवाए पनि अरुहरुलाई कहिल्यै नरुवाउँनु ।

सवैको औषधी पाइन्छ । तर मनमा लागेको चोटको औषधी हुदैन रु साह्रै गाह्रो हुन्छ त्यसैले सानी कसैलाइ चोट नदिनु ।

एकपटक तिमीले मिस गर्दा खुशी बर्षन्थ्यो, आज तिम्रो याद अतितले सताउदा आशु बर्षन्छ ।
पहिले पहिले प्रेममा बिश्वास लाग्थ्यो । तर, हिजो आज त्यो बिश्वास टुटिसकेको छ ।

मैले एक पटक सम्झे त्यहि मान्छे । उहि मान्छे जो, सपनामा मात्र सिमित मान्छे । सपनामा आउँने मान्छे, हिजो हाँस्न अनी आज रुन सिकाउने त्यहि मान्छे ।