☰ open Loading... 19 April 2024|  

चट्याङ पर्दा दुई लाख बढीको क्षती
  | २५ भाद्र २०७३, शनिबार १५:४९

dullu fmशनिबार विहान परेको चट्याङले रेडियो दुल्लुमा क्षती पु¥याएको छ ।

दुल्लु नगरपालिका ८ स्थित सामाजिक सेवा सञ्चार सहकारीद्वारा सञ्चालित रेडियो दुल्लु १०१.५ मेघाहर्जको कार्यालयमा चट्याङ परेको थियो ।

चट्याङबाट रेडियोमा १ लाख बढीको बढी क्षती पुगेको छ ।

एफएमका सामग्रीमा क्षती पु¥याएपछि दुइ घण्टा प्रशारण सेवा अवरुद्ध भएको थियो ।

यता, दुल्लु नगरपालिका ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पनि चट्याङले क्षती पर्याएको विद्यालयका प्राधानाध्यापक भुपालविक्रम शाहले जानकारी दिएका छन् ।

उनका अनुसार कम्प्युटर ३ थान, फोटोकपि मेसिन १ थान, प्रिन्टर मेसिन १ थान, टेलिफोन सेट, तार लगायत गरी करिब १ लाख ५० हजार क्षती पुगेको छ ।