☰ open Loading... 20 April 2024|  

नयाँ संरचनामा यस्तो बन्दैछ सुर्खेत
  | २५ भाद्र २०७३, शनिबार १९:०२

all skt

स्थानीय तह पुनर्संचना प्राविधिक सहयोग समितिले सुर्खेतको नगरपालिका र गाउँपालिकाको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ । झण्डै दुई महिनाको लामो छलफल र परामर्शबाट समितिले ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ संख्यामा स्थानीय तह बाँडफाँट गरेको हो । यस अघिको पुरानो संरचना अनुसार सुर्खेतमा ४० गाविस र तीन नगरपालिका थिए ।

panchapuri

पश्चिम सुर्खेतको एक र पूर्वी सुर्खेतका केही गाविसहरुलाई मिलाएर थप एक एक नगरपालिका थप भएका छन् । पश्चिमका सालकोट, बावियाचौर, विद्यापुर, छाप्रे, घाटगाउँ र तातापानी गाविस मिलाएर पञ्चपुरी नगरपालिका नाम राख्ने प्रस्ताव स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले गरेको छ । यसको केन्द्र बावियचौरको वडा नम्बर ५ रहनेछ ।

gurbakot

तर पूर्वी सुर्खेतका सात गाविस धारापानी, मालारानी, साहारे, घुमखहरे, दहचौर, गुमी र मेहलकुना गाभेर गुर्भाकोट नगरपालिका बनाउने प्रस्ताव भएको समितिका संयोजक तथा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले पश्चिम नेपाल डटकमलाई जानकारी दिए । उनका अनुसार यो नगरपालिकाको केन्द्र मेहलकुना तोक्न प्रस्ताव गरिने छ । यस अघि नै घोषणा भएको सुभाघाट गंगामाला नगरपालिका पनि गुर्भाकोट नगरपालिकामा गाभिने भएको छ । यो नगरपालिकामा घुमखहरे, दहचौर, मेहलकुना र गुमी गाविस नयाँ नगरपालिका घोषणा गरिएको थियो ।

bnnp

वीरेन्द्रनगर र भेरीगंगानगरपालिका भने कायमै छन् । यी नगरपालिकामा केही गाविसहरु थपिएका छन् । वीरेन्द्रनगर नगरपालिकामा साटाखानी गाविसको १ देखि ८ वडा, लेखगाउँको १ वडा र गढी तथा रतु गाविस गाभिएका छन् । साविकको नगरपालिका नै यसको केन्द्र रहने समितिको प्रतिवेदनमा जनाइएको छ । यस अघि जर्वुटा, लाटीकोईली र उत्तरगंगा गाविस थपिएर नगरपालिकाको क्षेत्रफल विस्तार भएको थियो ।

bheriganga

भेरीगंगा नगरपालिकामा लेखपराजुल, दशरथपुर, कल्याण र लेखफर्सा गाविस थपिएका छन् । छिन्चु, रामघाट र मैनतडा गाविस मिलेर भेरीगंगा नगरपालिका घोषणा भएको थियो । यो नगरपालिकाको केन्द्र साविकको भेरीगंगा नगरपालिकाको कार्यालय नै रहने छ ।

पश्चिमका पाँच गाविस मिलेर चौकुने गाउँपालिका नामाकरणको लागि समितिले प्रस्ताव गरेको छ । यो गाउँपालिकामा बेतान, लगाम, विजौरा, घाटगाउँ र गुटु गाविस छन् । तर घाटगाउँको एक वडा मात्र टुक्रिएको छ । यसको केन्द्र विजौरा वा गुटु राख्ने भन्ने निक्र्यौल भएको छैन् ।

chaukune gaupalika

यता, बराह गाउँपालिकामा हरिहरपुर, तरंगा, कुनाथरी, पोखरीकांडा र लेखगाउँ प्रस्ताव गरिएको छ । कुनाथरीको बड्डीचौर वा लेखगाउँको ओदालताल गाउँपालिकाको केन्द्र तोकिने अन्तिम प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

barha

समितिका अनुसार चिङ्गाड गाउपालिकामा नेटा, रजेना, रानीवास, मटेला, अवलचिङ, पाम्का र गर्पन गाविस रहने छन् । यो गाउँपालिकाको केन्द्र पाम्का वा अवलचिङ राख्ने प्रस्ताव गरिएको छ । ८ वडा बन्ने चिङ्गाड गाउँपालिकाबाट नेटा गाविसको वडा नम्बर ८ र ९ दशरथपुरमा समायोजना भएका छन् ।

chingad

पूर्वी सुर्खेतका सिम्ता गाउँपालिकामा घोरेटा, काफलकोट, आग्रिगाउँ, बजेडिचौर, राकम, काप्रिचौर, डाँडाखाली र खानीखोला गाविस रहनेछन् । यी गाविसका ७२ वडाहरु ८ वडामा विभिजन भएका छन् । यो गाउँ पालिकाको केन्द्र बजेडीचौर वा राकम राखिने प्रस्ताव समितिले गरेको छ ।

simta

नगरपालिका र गाउँपालिका बनाउन समितिले जनसंख्या, भुगोल र नागरिककका सुझावका आधारमा अन्तिम प्रतिवेदन तयार गरेको संयोजक रेग्मीको भनाई छ । गाउँ पालिकाका हुन २५ हजार जनासंख्या, ५ देखि १२ वडा र प्रत्येक वडा तीन हजार सातसय जनसंख्या हुनु पर्ने मापदण्ड आयोगले बनाएको छ ।

यस्तै, नगरपालिकाको हकमा ३५ हजार जनसंख्या, ९ देखि १४ वडा र प्रतयेक वडामा ४ हजार जनसंख्या हुनु पर्ने उल्लेख छ । तर सदरमुकाम रहने नगरपालिकाको जनसंख्या ९५ हजार ९ देखि १८ वडा र प्रत्येक वडामा ८ हजार जनसंख्या हुनुपर्छ ।