☰ open Loading... 27 September 2023|  

धंर्म र संस्कृतीमाथि हमला भयो : थापा
  |

दैलेख सदरमुकाममा भएको हिन्दु जागरण सभालाई सम्वोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान जारी भएयता नेपालमा हिन्दु धर्म र संस्कृतीमाथि हमला भएको बताए । लोभ लाचज र भ्रम सिर्जना गरेर धर्म परिवर्तन गराउने गरेको भन्दै अध्यक्ष थापाले तत्काल रोकिनुपर्ने बताएका हुन

सभालाई सम्वोधन गर्दै थापाले यही गतिमा धर्म परिवर्तन भए, हिन्दुहरुको पहिचान नै समाप्त हुने भएकाले बचाउन सवै लाग्नुपर्ने बताए । संविधान सभामा हिन्दुराष्ट्र हुनुपर्छ भनेर आफुहरुले मात्र मत राखेको थापाले बताए ।

त्यस्तै कार्यक्रममा राप्रपका महामन्त्री धवलसमशेर राणाले हिन्दुहरुको वजश्व भएको देशमा हिन्दुहरुलाई नै धर्मपरिवर्तन गर्न विवश पार्नु आपत्ती जनक भएको बताए । नेपालीहरु सहनशिल आजसम्म कुनै पनि ठुला घट्नाहरु नहुनु सुखद कुरा भएको समेत राणाले बताए ।

कार्यक्रममा पूर्व स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाहीले विदेशीको पैसाले हिन्दु राज्य किनिएको बताईन् । उनीले भनिन् राती सुत्दा एउटा धर्म हुन्छ विहान उठ्दा अर्कै हुनुपर्ने हाम्रो देशको अवस्था रहेको छ ।

!-- .entry-content -->