☰ open Loading... 15 October 2024|  

सहकारी अध्यक्ष र शेयर सदस्यविच जुहारी
  | २६ भाद्र २०७३, आईतवार १७:०७

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १७ मा रहेको मंगलगढी बहुउद्देश्यीय सहकारी संस्था लिका शेयर सदस्य र सञ्चालक समितिविच जुहारी चलेको छ । शेयर सदस्यले मनोमानी आफूखुसी हिडेको भन्ने आरोप लगाउँदै आएका छन् । तर संस्था अध्यक्ष प्रेमबहादुर रावतले उनीहरुको आरोप गलत भएको खण्डन गर्दै आएका छन् ।

मंगलगढीले मनोमानी गरेको आरोप भन्ने समाचार पश्चिम नेपाल डटकममा प्रकाशीत भएपछि दुवै पक्षले यसरी खण्डन गरेका छन् ।
संस्थाका शेयर सदस्यहरुले पठाएको विज्ञप्ती यस्तो छ ।

यस मंगलगढी बहुउदेश्यीय सहकारी संस्थाका हामी शेयर सदस्यहरू इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरूको चासो राख्ने नैतिक मूल्य विपरित मंगलगढी बहुउद्देश्यीय सहकारी संस्था लि.का वर्तमान अध्यक्ष प्रेम बहादुर रावतले यही भाद्र १८ गते स्थानीय अनलाईन तथा मोफसल पत्रपत्रिकामा प्रकाशित समाचारमा दिएको भनाईको घोर आपत्ती जनाउँदै खण्डन गर्दछौं ।

यदि संस्था स्थापनादेखि हालसम्मको स्थितिसम्म आइपुग्दा पूर्व सञ्चालक समितिका पदाधिकारी र वर्तमान कालका पदाधिकारीहरुले सहकारीको मूल्य, मान्यता र मर्म अनुसार संस्थालाई अगाडि बढाएको भए यस्तो खालको वर्मलुट हुने नै थिएन ।

“प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवं आकांक्षालाई पूरा गर्न भनी स्वैच्छिक रूपले संगठित भएका व्यक्तिहरूको स्वायत्त संगठन नै सहकारी हो ।” भन्ने भावना विपरित अध्यक्ष रावतले दिएको अभिव्यक्ति प्रति हाम्रो खेद प्रकट छ ।

संस्था स्थापनाको सात वर्ष वितिसक्दा पनि हामीहरुले शेयर लाभांश नपाउनु, सहकारीको नियम अनुसार समयमा ऋण नपाउनु, विनियम अनुसार शेयर सदस्यहरुले पाउनु पर्ने हक अधिकारलाई कुण्ठित गर्दागर्दै पनि अध्यक्ष रावतले दिएको भनाई प्रति हामी असमर्थ छौं ।

अध्यक्ष रावतले एक्लैले दिएको भनाईले हामी शेयर सदस्यरुले भोगेको विडम्वना र यथार्थलाई कदापी सत्य सावित हुने छैनन् । अध्यक्ष रावतले दिएको भनाईलाई उजागर गर्न पूर्व पदाधिकारी मध्ये संस्थापक अध्यक्ष दुर्ग बहादुर खत्री, संस्थापक उपाध्यक्ष मिलन कुमार बि.सी., पूर्व कोषाध्यक्ष प्रकाश चन्द्र थापा, पूर्व एवम् वर्तमान सल्लाहकार प्रेम बहादुर शाहीलगायतका संस्थापक लगायत शेयर सदस्यहरुले सत्य तथ्य के हो ?

उनीहरुले बताउन सक्नेछन् र सम्बन्धित सरोकारवाला जो कसैले पनि प्रत्यक्ष रुपमा भेटेर बुझ्न सक्छ । यथार्थमा वर्तमान अध्यक्ष रावतले समाचारमा संस्थालाई बद्नाम गर्ने भ्रामक कुरा भएको भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यसको वास्तविकतामा धेरै भिन्नता छ ।

हामी शेयर सदस्यहरुले पहिलो साधारण सभा देखि सातौं साधारण सम्म ल्याएका एजेण्डा र प्रस्तावहरु कुनै पनि कार्यक्रम कार्यान्वयनमा नल्याउनुले संस्थामा निरंकुशता हावी भएको छर्लंग छ ।

शेयर लाभांशमा अनियमितता, ऋण लगानी तथा असुली प्रक्रियामा भेदभाव, शेयर खरिद तथा बिक्रीमा एक्लौटी, कर्मचारी नियुक्ती तथा सेवा सुविधामा मनपरीतन्त्र, संस्थाको विनियममा उल्लेखित उद्देश्य विपरित कार्य गरेको, स्वरोजगार कोषको रकम आपूm खुशी नातागोतालाई दिएको, सहकारी डिभिजन कार्यालयले दिएको सुझावहरुलाई कार्यान्वयन नगरेको लगायतका कामहरु निरन्तर भैरहदा अध्यक्ष रावतको भनाई यथार्थ विचलित भएर दिएको प्रष्ट देखिन्छ ।

त्यसैगरी स्वरोजगार कोषको रकममा हिनामिना र मनपरी गरेको प्रति अध्यक्ष रावतले दिएको भनाईमा कुनै सत्यता नभएको पनि प्रष्ट छ । संस्थामा भएको गल्ती कमीकमजोरीलाई ढाक छोप गर्ने गरी दिएको अभिव्यक्ति निराधार, कपोकल्पित, मनगढन्ते र सहकारी मापदण्ड, ऐन, नियम एवम् शेयर सदस्यको हक अधिकार विपरित भएकोले यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

निवदेक
संस्थाका शेयर सदस्यहरु

 

संस्थाका शेयर सदस्यहरुले यस्तो खण्डन गरेपछि अध्यक्ष प्रेमबहादुर रावतले दिएको पाठक प्रतिक्रिया

सम्पादक ज्यू
यस पश्चिम नेपाल डटकमको भाद्र १८ गते शनिबार मा प्रकाशित सहकारी संचालकले मनोमानी गरेको आरोप भन्ने शिर्षकको समाचार प्रति मंगलगढी बहुउदेश्यीय सहकारी संस्था लिं.को गम्भीर ध्यानाकर्षण भएको छ ।

मिति २०७३ भाद्र १८ गते बसेको बैठकले उल्लेखित समाचारको विश्लेषण गरी अनलाइनसम्म पुर्याउने व्यक्तिको संस्थासंग कुनै सरोकार नभएको जानकारी गराउँद छौं । साथै यस अघि सहकारी डिभिजन कार्यालयमा नीजले उजूरी गरेकाले सो विषयमा छानविनबाट टुंगिसकेको प्रष्ट पार्दछौं ।

तेज प्रकाश जि.सी.                                                                                      प्रेम ब. रावत 
सचिव                                                                                                            अध्यक्ष