☰ open Loading... 18 April 2024|  

सुर्खेत–मंगलसैन सडक खण्ड सुचारु
  | २६ भाद्र २०७३, आईतवार १६:१९

लामो समयदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तरगत सुर्खेत–अछामको मंगलसैन सडक खण्ड सुचारु भएको छ । वर्षातसंगै आएको पहिरोले यो खडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

मध्यपहाडी राजमार्गको अछामको कालिकास्थान सडक खण्ड ।
मध्यपहाडी राजमार्गको अछामको कालिकास्थान सडक खण्ड ।

अवरुद्ध सडक खुलेपछि आईतबारबाट बस सेवा सञ्चालन आएको स्थानीयले बताएका छन् । बर्षातमा आएको पहिरो हटाएपछि सुर्खेतबाट बस अछामको मंगलसैन पुगेको छ । सडक कार्यालयले नियमित काम भैरहेकाले सडक अवरुद्ध नहुने बताएको छ ।

बस सञ्चालन भएपछि सुर्खेतबाट मंगलसैन आउने र बाहिर जाने यात्रुलाई सहज हुँदा स्थानिय नागरिक खुसि भएका छन । सडक खुलेसंगै मंगलसैनबाट साफेबगर, दिपायल, डडेलधुराहुँदै कैलालीको अत्तरिया जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।