☰ open Loading... 19 June 2024|  

झुला यात्राको टोली बर्दिया पुग्यो
  | २६ भाद्र २०७३, आईतवार १६:३५

पूर्वपश्चिम झुला यात्राको टोली बर्दिया पुगेको छ । १४ अञ्चल ७५ जिल्लाको स्थलगत यात्रा गरेर शुरु भएको यो यात्रा त्रिवेणीधामबाट थालिएको हो ।

अलौकिक तिरुपति बालाजि झुला महोत्सवको सर्वजन कल्याणार्थ कार्यक्रम आगामी साउन १ गते नवलपरासीको त्रिवेणीधामबाट सुरु गरेका थिए । नवलपरासीबाट शुुरु भएको यो यात्रा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने आयोजकका झुला संकल्पकर्ता पराङकुशाचार्य (झुला बाबा) ले जानकारी दिए ।

jhula yatra

नवलपरासीको त्रिवेणीधामबाट थालिएको यात्रा पोखरा, काठमाडौं, झापा, मोरङ्ग, सुर्खेत, दाङ्ग, बुटवल लगायत ५७ ठाउँमा कार्यक्रम गरी सकेको छ । यात्रामा दैनिक ७ बजे देखि १० बजेसम्म अभिषेक पुजनअर्चल कुमकुम द्रव्य अर्चना आरती गरिन्छ ।

सन्ध्याकालिनतर्फ बेलुकी ५ बजेदेखि भगवानलाई झुलामा विराजमान गराउने, ६ बजेदेखि प्रवचन झांकीसहित भजन कीर्तन एवं नृत्य सञ्चालन हुने गरेको प्रधान अर्चक रङगनाथ उपाध्याय बताए ।

सोमबार बर्दिया पुगेको झुला यात्रा टोलीले साँझ ७ बजेदेखि राती ११ बजेसम्म गुलरियाको बागेश्वरी बंगलामुखि मन्दिरमा प्रवचन कार्यक्रम गर्ने भएको छ । यो यात्रा त्रिवेणिधाममै पुगेर समापन हुने आयोजकले जनाएको छ ।