☰ open Loading... 28 February 2024|  

सेतीबाडाको अध्यक्षमा भाम
  | २७ भाद्र २०७३, सोमबार १५:४३

मालिका प्रथामीक बिद्यालय सेतिवाडाको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा नरेश भाम निर्वाचित भएका छन । मुगु जिल्लाको कार्कावाडा गाविस वडा नं १–४ सम्मका विद्यार्थी अध्ययनरत हुने सेतीबाडामा नयाँ नेतृत्व चयन गरेको हो ।

school

शिक्षक, अभिभाव र बुद्धिजीविको सहभागिता रहेको कार्यक्रममा भामकोे अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सचिवमा विद्यालयका प्रधानाध्यापक दुर्गा बहादु रावललाई चयन गरिएको छ । समितिको सदस्यहरुमामा धन बहादुर बिटालु, हृदय सिङ नेपाली, रामछिता भाम, बाटुली नेपाली, हाईमती कामी, राधिका मल्ल छन् ।

सहमति विद्यालय व्यवस्थापन समिति गठन गर्ने भनिए पनि शिक्षक, अभिभाव असफल भएको थियो । ४ जना अध्यक्ष पदमा उम्मेदारी दिएका थिए । चिट्टा मार्फत नयाँ नेतृत्व चयन गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर रावल जानकारी दिए ।