☰ open Loading... 2 May 2024|  

सिकल-सेल एनीमियाका ५२ विरामी भेटिए
  | २७ भाद्र २०७३, सोमबार १७:३७

दाङमा गत आर्थिक वर्षमा मात्रै सिकलसेल एनीमीयाका ५२ जना बिरामी फेला परेको तथ्य सार्वजनिक भएको छ । जिल्ला जनस्वाथ्य कार्यालय दाङका प्रमुख डा. भुवन पौडेलका अनुसार थारु समुदायमा देखीने उक्त सिकलसेल एनीमिया रोगबाट २२ पुरुष र ३० महिला गरी ५२ जना विरामीहरु प्रभावित भएका हुन् ।

मानिसको शरिरमा रगतको कमी हुनु, रक्तअल्पता हुनु र हसिया आकारको रक्तकण बन्नु नै सिकलसेल हो । यो रोग लागेपछि विस्तारै शरिरका विभिन्न अगंहरुले काम गर्न छोड्नुका साथै यो रोग लागेपछि करिव १० देखी १५ वर्षपछि मात्र आफूलाई सिकलसेल रोग लागेको थाहा पाउन सकिने डा.पौडेलले जानकारी दिए ।

Autorecessive.svg

नेपालका तराई क्षेत्रमा थारु समुदायमा पहिलादेखी बसोवास गर्दै आएकाले उनीहरुमा यो रोग देखिएको स्वाथ्यकर्मी बताउँछन् । मलेरिया रोगवाट बाँच्न प्राकृतिक रुपमा नै अनुकुलन बनेका हसिया आकारका सेलहरुले नै अहिले यो समस्या निम्ताएको छ । बिशेष गरी ४० वर्ष वरीपरीका मानिसहरुमा यो रोग देखा परेको र यसको रोकथाम बाहेक अरु कुनैपनि उपचार नभएको पौडेलको भनाई छ ।

cell_2
बशांणुगत रुपमा सर्ने यो रोगवाट बच्ने उपाय विवाह गर्नुपूर्व सिकलसेल छ कि छैन भनेर जाँच गर्नु पर्ने पौडेलको भनाई छ । सिकलसेल जाँच गरेर विवाह गर्दा श्रीमान र श्रीमती मध्ये कुनै १ जनामा मात्र सिकलसेल छ भने उनीहरुबाट जन्मने सन्तानमा सिकलसेल नहुने पौडेल बताउँछन् ।