☰ open Loading... 19 April 2024|  

भरुवा बन्दुसहित एक पक्राउ
  | २७ भाद्र २०७३, सोमबार १७:५१

भरुवा बन्दुकसहित सल्यानमा एक जना पक्राउ परेका छन् । मुलखोला–९ मैनेनीका नन्न पुन एक थान बन्दुकसहित सोमबार पक्राउ परेका हुन् ।

१ महिना अघि स्थानीय गोविन्द पुन र देव वहादुर पुनसँग उनको छोरा याम वहादुर पुनको विवाद भए पछि नन्न पुनले वन्दुकले हान्ने प्रयास गरेको आरोपसहितको उजूरी प्रहरी कार्यालयमा दर्ता भएको थियो ।

गोविन्द र देव बहादुरको जाहेरीकै आधारमा सोमवार पक्राउ गरेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीले घरमा बन्दुक लुकाएर राखेको अवस्थामा पक्राउ गरेको थियो ।

रोजगारीको क्रममा भारत गएका उनीहरुविच सामान्य विवाद भएको थियो । तर नन्नले सल्यान आएपछि बन्दुकले मारिदिऊ भन्दै बन्दुक तर्साएको आरोप गोविन्द र देवको छ । यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानको भनँई छ ।