☰ open Loading... 18 May 2024|  

दरवन्दी छ, विशेषज्ञ छैनन्
  | २८ भाद्र २०७३, मंगलवार ०७:२९

सरकारले दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर नपठाउँदा क्षेत्रीय अस्पताल सुर्खेतमा बिरामीको उपचारमा समस्या हुँदै आएको छ । अस्पतालमा २४ विशेषज्ञको दरबन्दी भएपनि अहिले जेनतेन ९ जना मात्र विशेष कार्यरतहुँदा सेवाग्राहीलाई सेवा दिन समस्या भएको क्षेत्रीय अस्पतालले जनाएको खवर आजको लोकमञ्च दैनिकमा छ ।

अस्पतालमा बालरोग विशेषज्ञ, स्त्रीरोग र फिजिसियन बाहेक अन्य दरवन्दीमा विशेषज्ञ डाक्टर छैनन् । अन्य सवै रोगका विशेषज्ञको दरवन्दी भएपनि डाक्टर नभएको अस्पताल व्यवस्थापन समितिका सदस्य पूर्ण पौडेलले बताएका छन् ।

अस्पतालले केही समयदेखि बेहोस पारेर गरिने शल्यक्रिया सेवा शुरु गरेको छ । तर त्यहाँ पनि दरवन्दीअनुसारका डाक्टर नहुँदा समस्या भएको अस्पतालका कर्मचारी बताउँछन् ।