☰ open Loading... 20 April 2024|  

अवैध चामल बरामद
  | २८ भाद्र २०७३, मंगलवार ०७:४२

जिल्ला प्रशासन कार्यालय सुर्खेतको टोलीले अवैध चामल बरामद गरेको छ । पूर्वी सुर्खेतको व्यापारिक केन्द्रको अनुगमनमा पुगेको टोली ठुलो परिमाणमा अवैध चामल बरामद गरेको खवर हाम्रो अखबार दैनिकमा छ ।

छिन्चुबजारमा चामलको बोरामा उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति नराखिएको सोमो मनसुन चामल २ सय ५० बोरा, सेभेनस्टार ३ सय ७० बोरा र मिहास चामल दुईबोरा पवन ट्रडिङबाट बरामद गरेको अनुमगन टोलीले बताएको छ ।

यस्तै, बराल इन्टरप्राइजेजमा कलश ब्राडको पाँच बोरा, सादा बोरामा राखिएको १० बोरा, गंगोत्री १७ बोरा चामल पनि बरामद भएको छ ।

टोलीले म्याद नाघेका पेय पदार्थ, कुरमुरे, दालमोट, मीट मसला, जीरा, चिजबल लगायतका अखाद्य बस्तु बरामद गरेको छ । यी सामग्रीहरुमा उपभोग मिति सकिएको छ ।