☰ open Loading... 18 April 2024|  

शिक्षा कार्यालयलाई नै टेर्दैनन् निजी विद्यालय
  | २८ भाद्र २०७३, मंगलवार ०७:५४

जिल्ला शिक्षा कार्यालय सुर्खेतले निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) लाई विद्यार्थीको तथ्याङ्क उपलव्ध गराउन प्रत्येक वर्ष परिपत्र गर्छ । तर, शिक्ष कार्यालयलाई प्याब्सनले टेर्दैन अर्थात बारम्बार परिपत्र गरेपनि परिपत्रको जवाफ दिदैन् ।

निजी विद्यालयले विद्यार्थीको तथ्यांकलगायतका आवश्यक अन्य विवरण शिक्षा कार्यालयमा बुझाउनु पर्ने कानुनी प्रवाधान छ । जिल्लामा रहेका अधिकाँश निजी विद्यालयले कुनै विवरण पठाएका छैनन् ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा रहेका १ सय ४९ निजी विद्यलायमध्य ३२ विद्यालयले मात्रै विद्यार्थी तथ्याङ्क विवरण पठाएको खवर काँक्रेविहार दैनिकमा छ ।

पटक पटक विवरण पठाउन निर्देशन गरेपनि १ सय १७ विद्यालयले अटेर गरी तथ्यांक नपठाएको जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी दीपा हमालले बताईन् ।

आवश्यक तथ्यांकको लागि परिपत्र गरिएपनि अटेर गर्ने गरिएको छ ।’ अधिकारी हमालले भनिन्,–‘संस्थागत विद्यालयले जिशिकाको पत्रको रिप्लाई नै दिँदैनन् र, समन्वय पनि गरेका छैनन् ।’