☰ open Loading... 30 May 2024|  

चट्याङ लागेर एकको मृत्यु
  | २८ भाद्र २०७३, मंगलवार १४:५७

चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । सोमवार राती परेको चट्याङले बाघमारे–३ का १६ बर्षीय पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

चट्याङ लागेर घाईते भएका पवनको मंगलवार बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, चट्याङ लागेर पवनकी आमा ३९ बर्षीया जुद्वकुमारी केसी र दिदी रेणुका घाईते भएका छन् ।

उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । राती तिनैजना घरमा सुति रहेको समयमा चट्याङ परेको थियो ।