☰ open Loading... 18 May 2024|  

रिक्सामा ५० हजार रकम भेटाउँदा…
  | २८ भाद्र २०७३, मंगलवार १५:०८

nepali-rs

एक अटोरिक्सा चालकले आफूले भेटाएको ५० हजार रुपैया प्रहरीलाई बुझाएका छन् ।

दाङ गढवा–२ गढवाचोक निवासी २२ वर्षीय महेश चौधरीले आफूले चलाउदै आएको रा १ च १०५० नम्बरको अटोरिक्सामा मंगलबार रिक्सा सफा गर्ने सो रकम भेटाएका थिए ।

चौधरीले रिक्साको सिट मुनी ५०० का १०० थान अर्थात ५० हजार रुपैया फेला पारेको जानकारी दिए ।

चौधरीले आफुले भेटाएको रकम ईलाका प्रहरी कार्यालय गढवामा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । चौधरीले ईमान्दारिताका साथ भेटाएको रकम दिएपनि कस्को रकम हो भन्ने नखुलेको उनले बताए । प्रहरीले गढवा बजार एरीया भित्र रिक्सामा यात्रा गर्ने कुनै यात्रुको हुनसक्ने बताएको छ ।