☰ open Loading... 5 May 2024|  

वल्र्ड लिंकको ‘फाइबर टु द होम’ सेवा शुरु
  | २८ भाद्र २०७३, मंगलवार १९:०६

नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेश प्रा.लि. शाखा सुर्खेतले ‘फाइबर टु द होम’ सेवा शुरु गरेको छ । वायरलेस डिवाइसबाट सेवाग्राहीलाई इन्टरनेट सेवा दिइरहेको प्रा.लि.ले फाइरबाट नै सेवा शुरु गरेको हो ।

world link fibaer pp
वल्र्ड लिंकको फाइबर टु होम सेवा जडान गर्दै शाखा सुर्खेतका मार्केटिङ्ग अफिसर कुलमान पुलामी, मध्य तथा सुदूरपश्चिम परियोजना प्रवन्धक टिकाराम सुवेदी र फाइबर प्राविधिक राजेन्द्र मल्ल ।

वल्र्ड लिंकले सुर्खेतमा पहिलो पटक पश्चिम नेपाल डटकमको कार्यालयमा इन्टरनेट सेवा जडान गरेर फाइबर टु द होम सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार सुर्खेतमा पश्चिम नेपाल डटकमसंगै, शीतल डेरी र एलेएक्स अटो वर्क सपममा जडान गरिएको छ ।

वायरलेसभन्दा फाईबर सेवाबाट तिव्र गतिमा इन्टरनेट सेवा सञ्चालन हुने शाखा सुर्खेतका प्रमुख नवराज पंगालीले जानकारी दिए । उनका अनुसार ५० एमविपिएस प्रति सेकण्डमा इन्टरनेट चलाउन सकिन्छ ।

बुधबारदेखि वीरेन्द्रनगरका बाँकी ग्राहकहरुलाई पनि फाइबर सेवा जडान गर्ने शाखा सुर्खेतका मार्केटिङ्ग अफिसर कुलमान पुलामीले बताए । उनका अनुसार अवको एक महिना भित्र वीरेन्द्रनगर बजार क्षेत्रका सवै ग्राहकहरुको घर, आफिस तथा संस्थाहरुमा फाइबर जडान गरिसकिने छ । सुर्खेतमा मात्रै वल्र्ड लिंकका करिव पाँच सय ग्राहक छन् ।

फाइवर जडानसंगै ग्राहकहरुको संख्यामा वृद्धि हुने अपेक्षा मार्केटिङ्ग अफिसर पुलामीको छ । फाइबर इन्टरसेवामा ५, १०, १५, २५ र ५० एमविपिएसको डाटा प्याकेज रहेको छ । यस्तै अल लिमिटेडतर्फ १ र ३ एमविपिएस सेवा उपलव्ध रहेको पुलामीले जानकारी दिए ।

वल्र्ड लिंकको प्याकेज र सेवा शुल्क यस्तो छ ः–

DATA PAKEG

WORLD LINK