☰ open Loading... 24 April 2024|  

खच्चड हिडेपछि पुल जिर्ण
  | २८ भाद्र २०७३, मंगलवार १९:३७

जिल्ला सदरमुकाम गमगढी र जिल्लाको रुगा गाविससहित अन्य गाविस जाने बाटोको मुख्य पुलमा खच्चड हिडाउन थालेपछि जिर्ण बनेको छ । रुगा, सोरु गाविससहित हुम्ला जिल्ला जाने मुख्य पुलमा दैनिक दुइसय खच्चड भारीसहित हिडाउँदा पुल जिर्ण बन्दै गएको स्थानीयले बताएका छन् ।

खच्चड हिडेपछि पुल जिर्ण बन्न थालेपछि स्थानियहरु जोखिम उठाएर यात्रा गर्न बाध्य छन् । दैनिक जसो पुलबाट खच्चडहरु आवतजावत गरिरहने भएकाले पुलको स्तर खस्कदै खसेको छ ।

जीर्ण पुलको सुधार नगर्दा पुल नै चुढिनेको हो की भन्ने त्रास आफूहरुमा रहेको हुम्ला दार्माका मोहन परियारले जानकारी दिए । उनले पुल स्तरोन्नतिमा सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरे ।