☰ open Loading... 17 May 2024|  

भयावह रुप लिँदै आत्महत्या
  | २९ भाद्र २०७३, बुधबार ०७:२०

गत वर्षको बैशाख दोस्रो साता वीरेन्द्रनगरको कुइनेपानीमा एक महिलाले आत्महत्याको प्रयास गरिन् । नजिकै रहेको प्रहरीले समयमै थाहा पायो र, उनलाई आत्महत्या गर्नबाट बचायो ।

ती महािललाई प्रहरीले सोधपुछ गर्दा थाहा भयो, उनी दिर्घ रोगी थिइन् । परिवारले आफ्नो कारणले दुःख नपाउन भनेर आत्महत्याको निर्णयमा पुगेको बताईन् । यो त एउटा उदाहरण मात्रै हो ।

पछिल्ला केही वर्ष सुर्खेतमा आफूले आफैलाई मृत्युको मुखमा पु¥याउनेहरुको जमात बढ्दै छ । प्रहरीका अनुसार गत वर्ष मात्रै सुर्खेतमा ३१ पुरुष र ४१ महिला गरी ७२ जनाले आत्महत्या गरेको हाम्रो अखबार दैनिकमा खवर छ ।

आर्थिक वर्ष २०६९/७० मा ८०, ०७०/७१ मा ९०, ०७१।०७२ मा ७२ र ०७२।०७३ मा ६६ जनाले हात्महत्या गरेको तथ्याङ्क प्रहरीसंग छ । अधिकाँशले झुण्डिएर आत्महत्या गरेको पाएको छ ।

विष सेवन र नदीमा हाम फालेर आत्महत्या गर्नेहरुको संख्या पनि उत्तिकै छ । १४ वर्षदेखि ४४ वर्ष उमेर समूहका महिलाहरुमा आत्महत्याको दर बढी छ । विष सेवन र पासो लगाएर आत्महत्या गर्न खोज्ने १ सय १८ जनालाई उद्धार गरिएको छ ।