☰ open Loading... 19 April 2024|  

कतारमा जाजरकोट प्रबाशिय सेवा समाज गठन
  | २९ भाद्र २०७३, बुधबार ०९:५०

वैदेशिक रोजगारीमा कतार पुगेका जाजरकोटीहरुले जाजरकोट प्रबाशिय सेवा समाज गठन गठन गरेका छन् । जाजरकोटबाट कतार पुगेकाहरु विच एकता गर्न र यहाँ आई पर्ने समस्याहरुको समाधान गर्ने हेतुले समाज गठन गरिएको हो ।

jkt-qutar
प्रेम बहादुर रावतको अध्यक्षता नयाँ कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मान बहादुर रावल र जय बहादुर शाही, सचिवमा लक्ष्मण रसाइली तथा सह–सचिवमा होम बहादुर पुन र कोषाध्यक्षमा जेना पुन छन् ।

निरन्तर एकता गर्न र रोजगारीको क्रममा कतारमा अलपत्र पर्नेहरुको उद्दार लागि सेवा समाज गठन गरिएको कोषाध्यक्ष जेना पुनले जानकारी दिईन् । उनले कतारमा रहेका अन्य जाजरकोटीहरुलाई +९७४७४४७५२०५ मोवाइल नम्बरमा फोन गरेर सम्पर्कमा आउन समेत आग्रह गरेकी छन् ।

कतारमा कार्यरत अन्य जाजरकोटिहरु सम्पर्कको लागि जाजरकोटि प्रबाशिय सेवा समाजबाट निम्न संपर्क नं समेत राखिएका छन।

प्रेम बहादुर रावत (अध्यक्ष ) +९७४७४४७५२०५
लक्ष्मण रसाइली (सचिब) +९७४३१४४९६७७
होम ब.पुन (सह-सचिव ) +९७४७७०१७३९२