☰ open Loading... 30 May 2024|  

भारतीय राजदुत दिल्ली प्रस्थान, प्रचण्डलाई स्वागत गर्न मोदी वा सुष्मालाई पठाउने
  | २९ भाद्र २०७३, बुधबार १३:०१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको अघिल्लो दिन नै नेपालका लागि भारतीय राजदुत रञ्जित राय नयाँ दिल्ली प्रस्थान गरेका छन् ।भदौ ३० गतेबाट भारत भ्रमण गर्न लागेका प्रचण्डको भ्रमणको तयारीका लागि राजदुत राय आजै दिल्ली प्रस्थान गरेका हुन् ।

भारत निकट विशेष सुत्रका अनुसार प्रधानमन्त्री प्रचण्डलाई एयरपोर्टमा रिसिभ गर्नको लागि प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् आउने तयारी भारत सरकारले गरेको छ । मोदी नआए, विदेशमन्त्री सुष्मा स्वराज आउन सक्ने भारतीय पक्षहरुको दाबी छ ।

हुन त प्रचण्डको भारत भ्रमणको मिति तय भएदेखि नै उनको स्वागतको लागि भारतले कुनै कसर बाँकी नराख्ने खबरहरु बाहिरिएका थिए । मोदी स्वयमले उनको स्वागतको लागि तयार रहेको संकेत दिएका थिए ।