☰ open Loading... 21 April 2024|  

मेसीको ह्याट्रिकमा बार्सिलोनाद्धारा सेल्टीक ७–० पराजित
  | २९ भाद्र २०७३, बुधबार १३:०६

युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा शिर्ष क्लवहरु बार्सिलोना र बायर्न म्युनिखले शानदार जित हात पारेका छन् ।

स्पेनिस क्लव बार्सिलोनाले स्कटल्याण्डको सेल्टीकलाई ७–० ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले ह्याट्रिक गरे भने लुइस सुवारेजले दुई गोल गरे ।

यसैगरी इभा राकिटिच र आन्द्रियास इनिएस्ताले एक एक गोल गरे । बार्सिलोनासँगको यो हार सेल्टीकको लागि युरोपियन फुटबलको इतिहासमै सबैभन्दा फराकिलो हार हो ।