☰ open Loading... 1 May 2024|  

बजाज एक्सचेन्ज मेला एक दिन थप
  | २९ भाद्र २०७३, बुधबार १५:५०

वीरेन्द्रनगरमा जारी बजाज एक्सचेन्ज मेला एक दिन थप गरिएको छ । बजाज मोटरसाईकलको आधिकारिक विक्रेता असिम अटो पार्टस वीरेन्द्रनगरले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै एक्सचेन्ज मेला एक दिन थप गरेको हो ।

यही भदौ १७ गतेबाट जुम्लारोडमा रहेको असिम अटो पार्टसमा मेला शुरु भएको थियो । मेलामा हालसम्म ३० जना ग्राहकले पुराना मोटरसाईकल एक्सचेन्ज गरेको असिम अटो पार्टसका प्रोपराईटर लक्ष्मण कंडेलले जानकारी दिए ।

उनका अनुसार दशैँ तिहारमा ग्राहकका पुराना मोटरसाईकल परिवर्तन गरेर नयाँ मोटरसाईकल लिन मिल्ने उदेश्यले मेलाको आयोजना गरिएको हो ।

bajaj mela

यो पटकको दशैँ तिहारलाई लक्षित गरेर ४५ पुराना मोटरसाईकल एक्सचेन्ज गर्ने योजना असिम पार्टसको रहेको कंडेलले जानकारी दिए ।

असिमले वर्षमा दुई पटक यस्तो मेलाको आयोजना गर्दै आएको छ । नयाँ वर्ष र दशैँ तिहारमा बजाज एक्सचेन्ज मेलाको आयोजना गर्दै आएको कंडेलले बताए ।

एक्सचेन्ज मेलामा कुनै पनि ग्राहकले पुराना मोटरसाईकल लिएर फाइनान्स सुविधामा नयाँ मोटरसाईकल खरिद गर्न सक्ने व्यवस्था मिलाएको असिम अटो पार्टसले जनाएको छ ।

असिमका यस क्षेत्रमा ७ वटा शाखा रहेका छन् । सुर्खेतको छिन्छु, बावियाचौर, सल्यानको सल्लिबजार, जाजरकोट र कालिकोटबाट बजाज मोटरसाईकल चढ्ने सेवाग्राहीलाई सेवा दिँदै आएको कंडेलको भनाई छ ।

सुर्खेतमा धेरै ग्राहकले बजाज कम्पनीका पल्सर र डिसकभर बाइक बढी खरिद गर्ने गरेका छन् ।