☰ open Loading... 23 June 2024|  

शारदा नगरपालिकामा पञ्चबर्षे आबधिक विकास योजना
  | ३१ भाद्र २०७३, शुक्रबार १८:२६

सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाले आर्थिक बर्ष २०७३÷०७४ देखि २०७७÷०७८ सम्मका लागि पञ्चबर्षे आबधिक नगर विकास योजना बनाउने भएको छ ।

जिल्लाको पहिलो नगरपालिकाको रुपमा स्थापित भएसंगै नगरलाई सुन्दर तथा सम्पूर्ण विकास निर्माणका कामहरुलाई जनतामुखी बनाउने उद्देश्यले यस्तो योजना अघि ल्याएको हो ।

नगरपालिकाको दिर्घकालिन योजना अनुरुप योजना तर्जुमा कार्यशाला गोष्ठी श्रीनगरमा शुरु भएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत रेमन्त बहादुर डाँगीका अनुसार नगपालिकाको अवस्था, आवधिक नगर योजना तर्जुमाका लागि गरिएका प्रयास, दिर्घकालिन सोचका विषयमा छलफल गरिने छ ।

यस्तै नगरपालिकाको समस्या, कारण, विकासका अवसर, सम्भावना, उपाय तथा अवसरका विषयमा पनि छलफल गरिने अधिकृत डाँगीले जानकारी दिए ।

कार्यशाला गोष्ठी श्रेष्ठ कन्सलटेन्ट-डिभि स्कोलर नेपालजेभि काठमाण्डौको प्राविधिक सहयोग तथा शारदा नगरपलिकाको आयोजना शुरु भएको हो ।