☰ open Loading... 30 May 2024|  

अरिङ्गालले चिल्दा बालकको मृत्यु
  | ३१ भाद्र २०७३, शुक्रबार १९:२९

एक महिनामा चारको मृत्यु

जाजरकोटमा अरिङ्गालले चिलेर एक बालकको मृत्यु भएको छ । रामीडाँडा १ का विरेन्द्र बस्नेतका ३ बर्षिय छोरा शिव बस्नेतको मृत्यु भएको हो ।

घर नजिकै खेलीरहेका बालकलाई एक्कासी अरिङ्गालको गोलै खनिएर चिल्दा गंभिर घाईते भएका बालकको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

कसैले अरिङ्गालको गोलो चलाईदिएपछि उक्त घटना भएको प्रहरीको अनुमान छ । यस अघि पनि भेरीमालिका ५ भेरैमा २ र ढिमे ४ मा एक गरी तीन बालबालिकाको अरिङ्गालले चिल्दा ज्यान गैसकेको छ ।

शिव सहित एक महिना यता अरिङ्गालले चिल्दा चार जनाको ज्यान गएको छ । यतिवेला अरिङ्गालले बच्चा उत्पादन गर्ने सिजन भएकोले गोला नचलाउन प्रहरीले स्थानियलाई आग्रह गरेको छ ।