☰ open Loading... 30 May 2024|  

मजदुर किसान पार्टीको जिल्ला सम्मेलन शुरु
  | १ आश्विन २०७३, शनिबार १४:२२

बमबहादुर शाही जिल्ला अध्यक्ष हुने निश्चित

नेपाल मजदुर किसान पार्टी जिल्ला कार्य समिति सुर्खेतको जिल्ला सम्मलेन शुरु भएको छ । चुनावीसहितको पार्टी सुर्खेतको सातौं जिल्ला अधिवेशनले शनिबार नै नयाँ पदाधिकारीको टुङ्गो लगाउने छ ।

majdur-kisan-party

सम्मेलन शुरु हुनु पूर्व स्थानीय मंगलगढी चौकबाट ¥याली निकालिएको थियो । सातौं जिल्ला सम्मेलनको उद्घाटन सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले हाल कायम रहेको संरचनामा नै स्थानिय तहको निर्वाचन गर्न माग गरेका छन् ।

तीन तहको निर्वाचन अव डेढ वर्ष गरेर सक्नु पर्ने समयमा ठुला दलहरु कुन संरचनामा निर्वाचन गर्ने भन्ने सवालमा विवाद कायमै रहेको उनले उल्लेख गरे ।

तर सचिव प्रजापतिले आगामी चैतसम्म स्थानीय निकायको निर्वाचन गरे देश ठुलो दुर्घटना जाने चेतावनी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भम्रण नेपालीको हितमाभन्दा भारतलाई खुसी पार्न भएको आरोप लगाए ।

राष्ट्रघाती संन्धी, सम्झौता आफूहरुलाई मान्य नहुँदै भन्दै उनले यसको विरोध गरिरहने बताए ।  प्रजापतिले संघियताले मुलुक समृद्धि नहुने बताएका छन् ।

मुलुकलाई आर्थिक समृद्ध बनाउन विधि र शासन बलियो हुनु पर्ने उल्लेख गरे । उद्घाटन सत्रमा नेपाल मजुदर किसान पार्टी जिल्लाका कार्यसमिति सुर्खेतका उपाध्यक्ष बमबहादुर शाही, नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरक लवजु लगायतको उपस्थिती थियो ।

असोज ३ गतेसम्म हुने सम्मेलनले ३० सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । स्रोतका अनुसार नेपाल मजदुर किसान पार्टी सुर्खेतका उपाध्यक्ष रहेका बमबहादुर शाही अध्यक्ष हुने पक्का भएको छ ।

‘पार्टीको विधानले ३० सदस्यीय कार्यसमिति बनाउने उल्लेख छ ।’ मजदुर किसान पार्टीका एक नेताले भने,–‘अध्यक्ष, उपाध्यक्षसहितको सवै पदाधिकारीको टुङ्गो सहजै लाग्नेछ ।’ तर ति नेताले हालसम्म पार्टीमा निर्वाचन नभएकाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्ने दावी गरे ।