☰ open Loading... 17 April 2024|  

हुरेक सुर्खेतको अध्यक्षमा वली
  | १ आश्विन २०७३, शनिबार १९:३०

मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरेक नेपाल सुर्खेतको अध्यक्षमा गणेश वली चयन भएका छन् । वीरेन्द्रनगरमा शनिबार भएको सातौं वार्षिक साधारण सभाले वलीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

hurek

समितिको उपाअध्यक्षमा सज्जत खान, सचिवमा टीका विष्ट, कोषाध्यक्षमा टोपेन्द्र विक चयन भएका छन् । सदस्यहरुमा सिता वली, प्रतिमा परियार, र तृप्ती शाही छन् ।

साधारण सभाको उद्घाटन सत्रमा संस्थाका पूर्व कोषाध्यक्ष सिता वलीले आर्थिक वर्ष २०७३।७४ मा कुल ५ लाख ४७ हजार ८ सय १३ आम्दनी भएको सार्वजनिक गरेकी थिइन् । यसतै खर्चतर्फ ५ लाख ५४ हजार २ सय ३२ रुपैयाँ रहेको वलीले जानकारी दिईन् ।

साधारण सभाले आगामी आर्थिक वर्षमा २३ लाख ३२ हजार आय व्यव प्रस्ताव गरेको छ । उद्घाटन सत्रमा बोल्दै जिल्ला यूवा परिषद् सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेतले हुरेक नेपाल सुर्खेतले युवाको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।