☰ open Loading... 9 October 2024|  

इन्जिन फेलहुँदा काष्ठमण्डको विमान दुर्घटना : छानबिन आयोग
  | ३ आश्विन २०७३, सोमबार ०७:३८

कालिकोटको चिलखायामा एयर काष्ठमण्डपको विमान दुर्घटनामा पर्नुको मुख्य कारण ‘इन्जिन फेल हुनु’ रहेको छानबिन आयोगले निष्कर्ष निकालेको छ ।

जहाज दुर्घटनाबारे आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गर्दै समिति अध्यक्ष एवं पूर्वसचिव यज्ञप्रसाद गौतमले इन्जिन बन्द भएपछि फोर्स ल्याण्डिङ्गका लागि कालिकोटतर्फ मोडिएको जहाज क्र्यास ल्यान्डिङ्गमा परिणत भएको बताए ।

‘नेपालगञ्जबाट जुम्लाका लागि यात्रु चार्टर गरेर उडेको विमानबारे अध्ययन गर्दा इन्जिनभित्र रहेका ६ वटा बेयरिङ्गमध्ये पहिलो नम्बरको बेयरिङ्ग ड्यामेज हुन जाादा इन्जिन फेल भएको देखिन्छ,’ आयोगका सदस्य सचिव हरि खड्काले भने ।

kasthamandu

नेपाली सेनाका पाइलट महासेनानी सुवर्ण विष्ट, गोमा एयरका प्रशिक्षक एरोनटीकल इन्जिनियर रमेशकुमार सिंह सदस्य रहेको चार सदस्यीय समितिले दुर्घटनाका सहायक कारणमा एयर काष्ठमण्डपकै लापरबाही, भद्रगोल व्यवस्थापन, आर्थिक अभाव, नियमकारी निकाय नागरिक उड्डयन प्राधिकरण र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कमजोर नियमनलाई पनि समेटिएको छ ।

एयर काष्ठमण्डपको प्याक ७५०– एक्सएल विमान गत फागुन १४ गते नेपालगञ्जबाट जुम्लाका लागि बिहान १२ बजेर १६ मिनेटमा उडेको थियो । नेपालगञ्जबाट उडेको ३० मिनेटमा दुर्घटनामा परेको हुनसक्ने अनुमान आयोगले गरेको छ ।

एक नाबालकसहित नौ जना यात्रु बाकेर उडेको ९कलसाइन नाइनएन एजेबी विमानले कालिकोटमा फ्रोर्स ल्याण्डिङ्गका लागि प्रयास गरेको थियो । तर, चालक दलले यात्रुलाई जोगाउादै ज्यान गुमाएका थिए । विमान क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले उडाएका थिए ।

आयोगले क्याप्टेनको तत्काल घटनास्थलमै र को–पाइलट रानाको जहाज दुर्घटना भएको डेढ घन्टापछि मृत्यु भएको बताएको छ । विमान दुर्घटनास्थलमा चार घन्टापछि मात्रै मुगुको ताल्चा विमानस्थलमा रहेको श्री एयरलाइन्सको हेलिकप्टर उद्धारका लागि पठाइएको थियो ।