☰ open Loading... 23 April 2024|  

संविधान जारी भएको एक वर्ष पूरा, दिवसमा विविध कार्यक्रम गरिदै
  | ३ आश्विन २०७३, सोमबार ०७:५४

संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ । एक वर्ष पुरा भएको अवसरमा सरकाले विशेष कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ ।

संविधान दिवसको अवसरमा सुर्खेतसहित देश भर विविध कार्यक्रम गरी मनाइदैछ । सुर्खेतमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिदैछ । तर मधेसकेन्द्रि दलले भने संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने जनाएका छन् ।

nepal-new-constitution

संविधान जारी भएको अवसरलाई सरकारले तीन दिन कार्यक्रम गरी मनाउने निर्णय गर्‍यो । जसअनुरुप संसदले हिजै विशेष कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको अग्रसरतामा संविधान जारी हुँदा तराई मधेसकेन्द्रित दलले भने हस्ताक्षर गरेनन् । ती दल प्रदेश सीमांकनमा असन्तुटि जनाउँदै आन्दोलनमा होमिएका थिए । संविधान जारी भएसँग आन्दोलन चर्किदै गयो । जसका कारण नेपाली जनाताले लामो समय भारतीय नाकाबन्दीको सामना गर्नुपरेको थियो ।

संविधानसभाका करिब ९० प्रतिशत सदस्यले हस्ताक्षर गरेको संविधान कार्यान्वयन तराई मधेसकेन्द्रित दलको असन्तुष्टि कारण अझै चुनौतिपूर्ण देखिएको छ ।

संविधान जारी भएको एक वर्षभित्र कार्यान्वयन गर्नुपर्ने केही महत्वपूर्ण कानुन भने बनाइएको छ । एक वर्षको अवधिमा दुईवटा सरकार बनेका छन् ।

संविधान जारीभएपछि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले राजीनामा दिएपछि २४ असोजमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बने । त्यसपछि १९ साउनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका छन् ।