☰ open Loading... 17 May 2024|  

चोरी गर्ने गिरोहका चार जना पक्राउ
  | ४ आश्विन २०७३, मंगलवार १८:२२

विभिन्न स्थानमा चोरी गर्दै हिडने एक गीरोहलाई दाङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घोराही नगरपालिका वडा नं ११ बाट चोरी गरेको ३२ इन्चको भिडीयोकोन एलई.डी टि.भी एकथानसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका वडा नं ८ का २९ वर्षका प्रेम वली, घोराही नगरपालिका वडा नं १ बस्ने ३६ वर्षका सलमान खान, घोराही नगरपालिका ११ का १८ वर्षका अकबर अली राई र बाँके नेपालगञ्जका २२ वर्षका अर्पण जोशी रहेको प्रहरी उपरिक्षक धिरज प्रताप सिहंले जानकारी दिए ।

पक्राउ परेका प्रेम वलीलाई शंका मानेर प्रहरीले शरिर खानतलाशी गर्दा उनीवाट ३०३ राईफलको २ राउण्ड गोली समेत प्राप्त गरको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सिंहको भनाई छ । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।