☰ open Loading... 2 May 2024|  

२२ कैदीबन्दीलाई आममाफी
  | ४ आश्विन २०७३, मंगलवार १८:३६

सविंधान दिवसका अवसरमा २२ कैदीबन्दीलाई आममाफी दिएको छ । सविंधान दिवसको असरमा दाङवाट २२ कैदीको कैद मिनाह गरिएको हो ।

नेपाल सरकारले चालचलनमा सुधार आएका र ४० प्रतिशत कैद भुक्तान गरिसकेका २२ जना कैदीवन्दीले बाँकी कैद जीवनको छुटकारा पाएको तुलसीपुरका जेलर रेश्मीराज अधिकारीले जानकारी दिए । कैद मिनाह हुने कैदीहरुमा तुलसीपुर कारागारबाट १६ जना र घोराही कारागारबाट ६ जना रहेको जनाईएको छ ।

कारागार प्रसाशनले ४० प्रतिशत कैद भुक्तान गरेकाहरुलाई चालचलन सुध्रिएको सिफारीस गरेका ३ महिला र १३ पुरुष कैदीको सविंधान दिवसको अवसरमा सरकारले बाँकी कैद मिनाह गरेको जेलर अधिकारीले बाए ।

तुलसीपुरबाट कैद मिनाह हुनेहरुमा १२ जना कर्तव्य ज्यान मुद्दा, २ जना ज्यानमार्ने उद्योग, १ जना चोरी र १ जना सवारी ज्यान मुद्दाका गरी १६ कैदीको बाँकी कैद मिनाह गरिएको हो ।

घोराही कारागारका ६ जना कैदी मध्ये १ जना सवारी ज्यान तथा वहुविवाह, १ जना सावारी ज्यान, १ जना डाँका चोरी, १ जना कुटपिट र २ जना कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ६ जनाको बाँकी कैद मिनाह भएको घोराही कारागारका जेलर निमानन्द रिजालले जानकारी दिए ।