☰ open Loading... 2 May 2024|  

अधिकार प्राप्तिका लागि कर्तव्य नभुलौं : न्यायाधीस पंगेनी
  | ४ आश्विन २०७३, मंगलवार १८:५९

कोही पनि व्यक्तिले अधिकार प्राप्तीका लागि आफ्नो कर्तव्य पुरा गर्न बिर्सन नहुने अछाम जिल्ला अदालतका न्यायाधीस हरी प्रसाद शर्मा उपाध्याय पंगेनीले बताएका छन् ।

मंगलसेनमा भएको लैंगीक समानता र समान सहभागीता विषयकमा छलफल कार्यक्रममा न्यायधीस पंगेनीले नयाँ संविधानमा महिलाको समान सहभागीता र समावेशीताका लागि थुप्रै कानुन भएको उल्लेख गरे ।

achamp

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) अछामले आयोजना गरेको कार्यक्रममा न्यायधीस पंगेनीले अधिकार प्राप्त गर्ने व्यक्तीले कर्तव्य पुरा गर्नतर्फ ध्यान नदिँदा नीति नियम कार्यान्वयमा समस्या भएको भनाई राखे ।

समान व्यवहार र सहभागीताका लागि कानुन भएर मात्र प्रर्याप्त हुँदैन ।’ न्यायधीस पंगेनीले भने, –‘शिक्षा, संस्कार र व्यक्ति स्वयमको आनीवानीमा समेत परिवर्तन हुन जरुरी छ ।’

निमिक्त प्रमुख जिल्ला अधीकारी आनन्द शर्मा भुषालले अछाम जिल्लामा महिलाका समस्या र चुनौती धेरै भएपनि पछिल्लो समय समान सहभागीतामा बढेको बताए । जिल्लाका संचारमाध्यममा पत्रकार महिलाहरुको उपस्थिती र सक्रिय लंैगीक समानताको बलियो उदाहरण यही नै भएको उनको भनाई थियो ।

डब्लुडब्लुजे अछामका अध्यक्ष पुजा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत भगवती अर्याल, अन्तरपार्टी महिला सञ्जाल अछामका अध्यक्ष सरस्वती रावल, दलित महिला संघ अछामका अध्यक्ष लक्ष्मी सोब, नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष जनकराज भण्डारी लगायतले धारणा राखेका थिए ।

यसैविच, डब्लुडब्लुजे अछामले महिलाका विविध सवालहरु माथीको छलफल अन्र्तगत असोज र कात्तिक दुई महिनासम्म सन्डे क्लबको आयोजना गर्ने भएको छ ।।