☰ open Loading... 19 September 2024|  

४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दी रिहा
  | ५ आश्विन २०७३, बुधबार १६:३८

संविधान दिवसको अवसरमा सल्यान कारागारबाट ४ जना कैदीबन्दी रिहा भएका छन् । विभिन्न मापदण्ड पुरा गरेका उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार सल्यानले जानकारी दिएको छ ।

कम्तिमा ४० प्रतिशतभन्दा धेरै समय कैद भुक्तान गरेको, मुद्दाको अन्तिम टुंगो लागिसकेको र कारागारमा बस्दा असल चालचलन देखाएको भन्दै उनीहरुको कैद मिनाह गरिएको हो ।

सल्यान कारागारबाट २ महिला र २ पुरुषले कैद मिनाह पाएका छन् । जसमा रोल्पा झिनाङ कि हुक्का घर्ती, सिद्धेश्वरीका दिलमाया चलाउने रहेको जेलर बिक्रम केसीले जानकारी दिए ।

यस्तै, शारदा नगरपालिका–१ का शंकर सिंह ठकुरी र कुपिण्डेका ठगे कुँवर पनि रिहा भएका छन् । सल्यान कारागारमा ८४ जनाले कैदी जीवन बिताईरहेका छन् । सरकारले वडादशै, गणतन्त्र दिवस र संविधान दिवसमा मापदण्ड पुरा गरेकाहरुको कैद मिनाह गर्दै आएको छ ।