☰ open Loading... 10 October 2024|  

दशैँमा विशेष साँस्कृतिक उत्सव हुने
  | ५ आश्विन २०७३, बुधबार १७:४७

यही असोज असोज १४ देखि १८ गतेसम्म दशैँ विशेष वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव सफल पार्न तयारी समेत अन्तिम चरणमा पुगेको छ ।

कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान’ भन्ने नाराका साथ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको पाँच दिनसम्म बेजोड प्रस्तुती रहनेछ ।

साँस्कृतिक मुल आयोजक समितीले कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल पार्न राष्ट्रिय तथा स्थानिय संञ्चार माध्याममा प्रचारप्रसालाई व्यापकता दिने जनाएको छ । समिती संयोजक पदम बहादुर धामिले जिल्लाको कला संस्कृतिलाई उचाइमा पु¥याउन दशैँ विशेष कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

कार्यक्रमलाई सफल पार्न जिल्लास्थित छापा तथा विद्युतिय संञ्चार माध्यमलाई मिडिया पार्टनरको रुपमा रहने छन् । असोज १४ गतेदेखि शुरु हुने कार्यक्रममा नृत्य निर्देशक शंकर विसि, गायक गायिका रोशन सिंह, खुमन अधिकारी, टिका पुन, भागिरथ चलाउने, गोपाल नेपाल जिएम, टंक तिमिल्सैना, तुलसि घर्तिमगर, सुरेश रावल, पुष्पा वोहरा, करिश्मा ढकाल, निशा बोहरा, अञ्जु शाही, बादल थापा, जितेश थापा लगायतको प्रस्तुती हुने आयोजकले जानकारी दिएको छ ।

स्थानीय कलाकारहरुमा महेन्द्र विक, नरेन्द्र रावल, जनक कार्की, देवेन्द्र भाट, भिम विष्ट, जनक साउद, शंकर विक, ललित रैगाई, रुद्र विक, प्रमोद माझि, कल्पना ढुगाना, पानसरा थापा, निरुता खत्री लगायतको प्रस्तुती रहेन समितिका संयोजक धामीले बताए ।

कार्यक्रमको मुख्य आयोजकमा एस. बि. रामारोशन फिल्मस प्रा. लि. र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान अछाम रहेको छ भने, नयाँतारा कला सागर अछाम सह–आयोजक छ ।