☰ open Loading... 19 April 2024|  

‘जवाफदेहिका लागि गुनासो पेटीको औचित्य छैन’
  | ५ आश्विन २०७३, बुधबार १७:५७

जिल्लाका सरकारी निकायहरुले हरेक कार्यालयमा गुनासो पेटी राख्ने गरेको भएता पनि त्यो प्रभावकारी बन्न नसकेको गुनसो एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

प्रभावकारी र जवाफदेहि बनाउन गुनासो पेटी राखेर नहुने भन्दै गुनासो पेटीमा गुनासो आउने गरी स्थानीय समुदायलाई जनचेतना जगाउनु पर्नेमा जोड दिएका छन् ।

गुनासो पेटीमा गुनासो आउने वातावरण र ति गुनासोको जवाफ दिने परीपाटी नभएसम्म कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिने बताएका छन । जिल्लामा विभिन्न गैरसरकारी तथा सरकारी संघ संस्थाहरुले गर्ने क्रियाकलाप जवाफदेहि, पारदर्शि र सुशासनमुखि हुन नसकिरहेको भन्ने जनगुनासो बढ्दै गएको छ ।

वल्र्ड भिजन इन्टरनेसनल नेपाल अछाम जिल्लाद्धारा जिल्लामा संचालित जवाफदेहिता कार्यक्रमले अछाम जिल्लामा कार्यरत गाविसका कार्यक्रमलाई जवाफदेहि बनाउन पहल गर्ने भएको छ ।

जिल्लाका १५ वटा गाविसमा संचालित स्वास्थ्य, मातृशीशु, शिक्षा, स्वास्थ्य पोषण, जीविकोपार्जन, वाल स्पोन्सिप लगायतका कार्यक्रमलाई जवाफदेहि बनाउन ३ महिनासम्म जिल्ला स्तरमा जवाफदेहिता कार्यक्रम नै संचालन गरिनेछ ।

यस्तै, सम्वन्धित गाविसका स्थानीय जनतालाई जानकारी दिने, लाभान्वित व्यक्तिहरुसंग छलफल गर्ने, परामर्श लिने लगायतका क्रियाकलापहरु संचालन गरिने छ । जिल्लामा लागु भएका सबै कार्यक्रमलाई जनतासंग नजिक लगेर उनीहरुको आवश्यकता र चाहाना अनुसार काम गर्न यो अभियान चालिरहेको वल्र्ड भिजन इन्टरनेसनल नेपाल केन्द्रिय कार्यालयका जवाफदेहिता कार्यक्रमका पर्सुला बस्नेतले जानकारी दिए ।