☰ open Loading... 20 April 2024|  

माछा मार्न गएकाको डुबेर मृत्यु
  | ५ आश्विन २०७३, बुधबार १८:०३

तिलानदीमा माछा मार्न गएका चन्दननाथ नगरपालिका– ५ सिङ्गाचौर गाउँका ४३ वर्षीय मुनवीर सार्कीको आज विहान डुबेर मृत्यु भएको छ ।
तीन जनाको समूहमा कुडारी गाविसको त्रिवेणीस्थित तिलानदीमा माछा मार्न जाँदा नदीमा डुबेर उनको मृत्यु भएको हो ।
डुबेको स्थानबाट झन्डै पाँच किलोमिटर तल रारालिही गाविसमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताए ।

घटनास्थल सदरमुकामदेखि २९ किलमिटर टाढा रहेको छ । शव परीक्षणका लागि घटनास्थलबाट ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
सेतोपाटी