☰ open Loading... 3 May 2024|  

बहुला कुकुरले टोक्दा २ को मृत्यु १५ घाइते
  | ५ आश्विन २०७३, बुधबार १८:१०

बहुला कुकुरको टोकाईबाट रोल्पामा २ जनाको ज्यान गएको छ। पूर्वी रोल्पाको सिर्प –५, सिमगिठाका ५३ वर्षिय हीराबहादुर पुन र ६५ वर्षिय खरवीर पुनको मृत्यु भएको छ ।

हीराबहादुर पुनको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको थियो भने खरवीर पुनको मंगलबार घरमै मृत्यु भएको हो ।

गत भदौ ९ गते सिर्प –५, का श्यामबहादुर पुनको कुकुर बहुलाएर सोही गाउँका १७ जना मानिस र ६ वटा पशुचौपायलाई टोकेको थियो ।

यो घटना पछि घाइतेहरुको उपचार कुकुर मालिकले गर्ने शर्तमा मिलापत्र गरिएको थियो । यसबारेमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला पशु सेवा कार्यालय रोल्पाले भने आफूलाई कुनै जानकारी नै नभएको बताएको छ ।

कुकुरको टोकाईबाट घाइते १७ जनामध्ये २ जनाको ज्यान गइसकेको छ भने तीनजना गम्भीर छन् । बहुलाएको कुकुरलाई स्थानीयले मारेका छन् । घटना भएको थाहा पाएलगत्तै प्रहरी पठाइएको र आवश्यक अनुसन्धान गरिने रोल्पा प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तीमगरले बताए।