☰ open Loading... 1 May 2024|  

राणाशासनदेखि गणतन्त्रसम्मको अनुभव बटुलेकी १२० बर्षिया हजुरआमाका कुरा
  | ६ आश्विन २०७३, बिहीबार १८:१८

उमेर १२० बर्ष । अझै हट्टाखट्टा । एक दर्जन सन्तानकी आमा । यो परिचय हो जाजरकोट भेरीमालिका नगरपालिका ६ भेरेकी भिमा वली को । कुरा सुन्दा नै अपत्यारिलो जस्तो लाग्ने भिमा वलीले आफु हाल १ सय २० वर्षको उम्मेरमा पुगेको वताएकी छन् ।

उनी यति धेरै लामो उमेर सम्म वाँच्न पाएकोमा आफुलाई गौरव पनि गरिरहेकी छन् । राणाशासन समेत भोगेकी उनी प्रजातन्त्र , पञ्चायत बहुदल हुदै गणतन्त्र देख्न पाएकोमा निकै खुसी छन् । उनी पहिलेको ब्यवस्था भन्दा अहिले निकै स्वतन्त्रता भएपनि छाडातन्त्र बढी भएकोमा भने चित्त बुझेको छैन ।

पहिलेका मानिसहरु एक महिना लगाएर बाँकेको नेपालगञ्ज पुगेर नुन ल्याउथे । अहिलेको जस्तो कुनै कुराको पनि सुविधा थिएन अहिलेका मानिस निकै भाग्यमानी भएको उनको ठहर छ । बाँचेपछि सवै देख्न पाईदोरहेछ हजुरआमा भिमाले भनिन ।

आफ्नो पुस्ताले जीवन निर्वाहका लागी निकै संघर्ष गर्नु परेको उनको अनुभव छ । विरामी भयो भने धामीझाँक्रीमा भर पर्नु पर्ने बाध्यता भएको उनको भनाई छ ।

भिमाले अझै पनि आफुले पोलेको मकै र भुटेको भट्ट खाना सक्छिन् । आँखा नदेख्ने र कान नसुन्ने वलीको वोल्नलाई भने कुनै समस्या देखिएको छैन् ।

६ भाई छोरा र ६ वहिनी छोरीलाई जन्म दिएकी वलीले आफुले काललाई पनि जिति सकेको बताउँछिन् । अन्तिम १२ औं सन्तानका रुपमा कान्छो छोरा टिकाराम वलीलाई २०१६ सालमा जन्म दिएको उनले जानकारी दिईन् ।

greand-mother
भात खान मन नपराउने भिमा मकैको रोटी दुध सँग खान खजिलो हुने वताउँछिन् । प्राय अन्य खानावाट आफुलाई चिसो हुने भएकोले नियमित चिया पिउने गरेको उनको भनाई छ ।

दैनिक खानामा दही, दुध पनि खाई रहेकी वलीले चाउचाउ खाना पनि उत्तिकै मन पराउँछिन् । सल्यानको दार्माकोट जन्मघर भएकी वलीको १३ बर्षमा जाजरकोटको भेरेमा विवाह भएको थियो ।

माईती घर दार्माकोटमा हाल सम्म अघिल्लो पुस्ताको कोही पनि जीवित नरहेको र नयाँ पुस्ताका कसैलाई पनि आफुले नचिन्ने वताउँछिन् । एक सताब्दी भन्दा वढी उमेर पुगेकी वलीले आफुने जन्म दिएका १२ सन्तान मध्य हाल दुई छोरा र एक छोरी मात्र जिवित रहेको वताईन् ।

जिवित रहेका मध्य छोरा हरिबहादुर र टिकाराम रहेका छन् भने, छोरीमा ओईली खत्री रहेकी छन् । अन्य दिदी वहिनी र दाजु भाईको यस अघि नै मृत्यु भई सकेको छ । कान्छो छोरा टिकारामसंग वस्दै आएकी वलीले आफ्नो लागि अझै काल नआएको वताई रहेकी छन् ।

२०५२ सालमा नेपाली नागरिकताको प्रमाण पत्र वनाएकी वलीले नेपाल सरकारवाट वुझ्ने जेष्ठ नागरिक भत्ताले आफुले लगाउने कपडा र चिनी चियापत्ति खरिदमा खर्च गर्ने गरेको वताईन ।

साथै १ सय २० वर्षे भीमाले नजिकिदै गरेको वडा दशैको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुको उन्नती, प्रगति र समुन्नतीको कामना गदै सवै दल मिलेर संविधान कार्यान्वयन गर्न आग्रह गरेकी छन् । उनले एक पटक अझै चुनावमा भोट हाल्ने धोको छ । आफु कुनै पार्टीको नभएको बताउँदै भनिन जसले जनताको लागी राम्रो काम गर्छ त्यही पार्टीलाई भोट हाल्छु ।