☰ open Loading... 20 May 2024|  

जुवा खेलाउने २ जना पक्राउ
  | ६ आश्विन २०७३, बिहीबार १८:२६

जिल्ला प्रहरी कार्यालय दाङले संगठित रुपमा जुवा खेलाउने र मिटर ब्याजमा लगाउनेलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको विशेष प्रहरी टोलीले तुलसीपुर क्षेत्रमा जुवा खेलाउने र मिटर ब्याजमा लगानी गराउने र समाजमा उच्छृङखलता ल्याउने खालका गतिविधि संञ्चालन गर्ने उनसहरुलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर वडा नं ५ का ३४ वर्षका विशाल जंग शाह र तुलसीपुर नगरपालिका वडा नं ५ का ४० वर्षका दिपेन्द्र गिरी (दिपु) लाई पक्राउ गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका विशालजंग शाहमाथी २०६६ माघ ८ गते तुलसीपुरका बुद्धिबहादुर के.सी.लाई गोली हानी हत्या गरेको अभियोगमा कर्तब्य ज्यान सम्बन्धि मुद्दा चलाइएको प्रहरी भनाई छ । दिपुलाई यसअघि २ पटक जुवा मुद्दामा पक्राउ गरि कारवाही गरिएको प्रहरीले बतायो ।