☰ open Loading... 26 April 2024|  

गृहमन्त्रीको टक्करले प्रहरी प्रमुख खाली
  | ७ आश्विन २०७३, शुक्रबार १७:१०

पुर्व र बर्तमान गृहमन्त्री दुवैले आफु निकटकालाई पठाउँन दवाव दिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोट दुई महिनादेखि प्रमुख विहिन भएको छ ।

जाजरकोटमा कार्यरत प्रहरी प्रमुख डिएसपी दानवहादुर मल्ललाइ प्रधानमन्त्री प्रचण्डको सुरक्षाको लागि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि गत साउन २२ गते देखि रिक्त भएको उक्त पद अहिले सम्म पनि पुर्ति हुन सकेको छैन ।

police

गृहमन्त्री विमलेन्द्र निधीले आफु निकटकालाई डिएस्पी बनाएर पठाउन चाहेका छन् भने पुर्व गृहमन्त्रीले आफ्नो गृहजिल्लामा आफु निकटका लाई प्रहरी प्रमुख बनाउन प्रहरी प्रधान कार्यालयलाई दवाव दिएपछि प्रहरीको हाईकमान्ड अफ्ठयारोमा परेको हो ।

प्रहरी प्रधान कार्यालयले यस अघि भदौ ३ गते १२५ जना डिएसपीको सरुवा गर्दा जाजरकोटवाट डिएसपी मल्ल सरुवा भएको देखाएपनि चर्को दवावका कारण जाजरकोटको प्रहरी प्रमुखमा कसैलाइ नखटाईएको स्रोतको दावी छ ।

मल्ल प्रधानमन्त्री कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक हिकमत वोहराले निमित्त भएर काम गरिरहेका छन् ।

नेपाली काग्रेसका नेताहरुले गृहमन्त्री निधी मार्फत आफनो पक्षको र माओवादी केन्द्रका नेताहरुले पुर्वगृहमन्त्री बस्नेत मार्फत आफनो पक्षको डीएसपी पठाउन दवाव दिएको र उनीहरुले प्रहरी प्रधान कार्यालयलाई दवाव दिएका कारण प्रहरीको हाईकमान्डलाई निर्णय लिन अफ्ठयारो परेको हो ।

नेपाली काँँग्र्रेसका साँसद राजिव विक्रम शाहले जिल्लामा राम्रो संग काम गर्ने व्यक्तिलाइ पठाउनु पर्छ भनेर आफुहरुले माग गरेको वताए । उनले आफनो अर्काे पक्षको भन्दा पनि जनताका लागि काम गर्ने व्यक्ति जिल्लामा जानु परयो भन्ने हाम्रो भनाइ हो, शाहले भने ।

माओवादी केन्द्रका नेता एवम पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले भने छिटो भन्दा छिटो जिल्लामा डीएसपी पठाउन प्रहरी महानिरीक्षकलाइ आफुले आग्रह गरेको वताए ।

उनले जो सुकै भएपनि जिल्लामा छिटो डीएसपी पठाउन भनेर आफुले वारम्वार ताकेता गरेको तर फलानोलाई पठाउ भनेर दवाव नदिएको वस्नेतले दावी गरे । उनले आफुले आफनो मान्छे पठाउ भनेर कसैलाइ नभनेको र जिल्ला लामो समय डिएसपी विहिन हुनु हुदैन भनेर सम्वन्धित निकायमा पहल गरिरहेको वताए ।

जिल्लामा लामो समय प्रहरी प्रमुख नहुदा जिल्लाको शान्ति सुरक्षा र अन्य काम कारवाही लामो समय निमित्तको भरमा चलिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले लामो समय प्रहरी कार्यालय प्रमुख विहिन हुदा समस्या पर्ने वताए । केहि समयका लागि खाली हुदा केहि असर नपरेपनि लामो समय प्रमुख नहुदा भने प्रशासनिक तथा अन्य सुरक्षाका विषयमा निर्णय लिदा समस्या पर्ने उनले वताए ।