☰ open Loading... 5 May 2024|  

सुन खोज्न छाडेर ज्ञान खोज्दै किशोरी
  | ७ आश्विन २०७३, शुक्रबार १७:४१

‘साथीहरुको लहलहैमा लागेर पढाइ बिचैमा छोडे तर जीवनको बाटो देखाउने पढाइ नै रहेछ ।’ यो भनाइ विद्यालय पुनः भर्ना भएकी पश्चिम सुर्खेतकी एक किशोरीको हो ।

विद्यापुर–१ का अमृता राजी आजभोली पढाइलाई महत्व बढी दिन्छिन् । उनीसंगका साथीहरु विद्यालय बिचैमा छोडेका र उनीहरुकै हलहैमा लागेर आफ्नो माध्यमिक तहको पढाइ नै रोकिन । यति मात्र हैन् पढाई छोड्दा अमृताका दुःखका दिनगन्ती शुरु भए ।

पढ्न छाडेर नदी किनारामा सुन खोज्दै अमृता ।
पढ्न छाडेर नदी किनारामा सुन खोज्दै अमृता ।

९ जनाको परिवार र त्यसैमाथिको कमजोर आर्थिक अवस्थाले प्रयाप्त आम्दानीका स्रोत नहुँदा दैनिकी संघर्षमा गुज्रिन पुग्यो । घर नजिकै रहेको माद्यामिक बिद्यालयमा उनका साथीहरु पढ्न जाँदै गर्दा उनी नदीको वगरमा धाउथिन् ।

दैनिक रुपमा माछा मार्ने, सुन खोज्ने र केही समय खेतीपाती गर्ने यस रनजी समुदायको दैनिकी नै हो । यो समुदायका युवाहरु विचैमा कक्षा छाडेर रोजगारीका लागि भारतमा ज्याला मजदुरी गर्न जान्छन् ।

राजी समुदायमा माध्यमिक तह पूरा गर्नेको संख्या न्युन छ । स्ट्रोम फाउन्डेसनको सहयोग र किर्डाक नेपालद्वारा संचालित संवाद केन्द्र अमृताको लागि मार्गदर्शक बनेको छ ।

पढाइ छोडेकी अमृता संवाद केन्द्रका सहजकर्ता अञ्जु थापाको पहलमा नियमित संवाद केन्द्रमा आउन थालेकि छन । दैनिक २ घण्टा छलफल हुने संवाद केन्द्रमा किशोर किशोरीका समस्या, सामाजिक सवालहरु, स्वास्थ्य सरसफाइ, पञ्जीकरण, सरकारी सेवा सुबिधा, अधिकार र कर्तव्य, शुसासन, बिपद, बचत लगायतका अन्य बिषयमा छलफल हुने गरेको छ ।

amrita-school
हाल अमृता पढ्ने विद्याज्योती मावि सुन्दुरपुर १ विद्यायपुर ।

संवाद केन्द्रमा जीवन उपयोगी सीपको बारेमा महसुस गरेर पुनः बिद्यालय भर्ना भएको अमृता बताउँछिन । घर वरपरको वातावरण सरसफाइ, करेसाबारी निर्माण, संवादमा भएको छलफल घरपरिवारमा छलफल गर्ने र बिद्यालयमा पनि नियमित जान थालेपछि समुदायका अन्यले पनि गर्न थालेका छन् ।

दैनिक रुपमा अनावश्यक खर्च हुने रकम बाट बचाएर उनले १२०० रुपैयाँ बचत गरेकी छन । बचत गरेको रकम बाट आफ्नो पढाइमा लगानी गर्ने गरेका छन ।

आफ्नो पढाइलाई अगाडि बढाउन किर्डाकले गरेको सहयोगमा खुसी ब्यक्त गरेका छन् । लोपउन्मुख जातीको रुपमा रहेको राजी समुदाय यस क्षेत्रमा १० घर छन् । संवाद सहयोग समितिका अध्यक्ष जुनिसरा राजीले अब अरु किशोरीलाई पनि सकारात्मक सन्देश दिँदै ब्यवसायमा लाग्न उत्प्रेरित गर्ने बताएकी छन् ।