☰ open Loading... 18 May 2024|  

तास खोल्ने थलो बन्यो हाटवजार
  | ७ आश्विन २०७३, शुक्रबार १७:४१

सल्यानको देवस्थल गाविसमा पर्ने सल्लीवजारमा रहेको कृषि हाट वजार प्रयोगविहीन भएको छ । समय समयमा विभिन्न संघ संस्थाको सहयोग र सक्रियातामा प्रयोगमा ल्याउन खोजे पनि सम्भव नभएको तरकारी संकल केन्द्र सल्लीवजारका व्यापारस् केशव कठायतले जानकारी दिए ।

 hatbazar

२०६७ सालमा सिप्रेड नेपाल गैरसरकारी संस्थाको सहयोगमा ११ लाख बराबरको लागतमा कृषि हाटवजार निमार्ण गरेको थियो । सिप्रेड नेपाल संघ सस्थाको कार्यक्रम सकिएपछि भएसँगै यो हाट वजार प्रयोगविहीन भएको स्थानीयवासिको भनाई छ ।

प्रत्येक महिनाको एक शनिबार हाटवजार सञ्चालन गर्ने भनिए पनि त्यो काम सफल नभएको कठायतले बताए । किसानले फलाएको तरकारी खेतबारीबाटै व्यापारीले खरिद गर्ने भएकोले हाटवजार प्रयोगमा ल्याउन कठिनाई भएको छ ।

किसानले घण्टौ पैदल बोकेर हाटवजारमा तरकारी लिन समस्या हुने र व्यापारी खेतबारीमा तरकारी संकलन गर्न आईहाल्ने भएकोले हाटवजारको महत्व नभएको तरकारी खेती गर्दे आएका देव वहादुर रानाले वताए ।

लाखौको लगानी भएको हाटवजारमा कुनै सघ संस्था, पार्टीका कार्यक्रम र फुर्सदमा तास खेल्ने थलो वनेको छ । प्रयोग विहीन भए पछि हाटवजार प्रतिदिन जिर्ण समेत वन्दै गएको छ ।

1474460742_animation_927x120px_02

वजारबासीका लागि हाटवजार प्रयोगमा आएको भए सजिलोका साथै तरकारीमा समेत सस्तो हुने थियो तर हाटवजार प्रयोग हिहिनताले राम्रो सन्देश नभएको स्थानीय कनक शाहीले जानकारी दिए ।