☰ open Loading... 28 February 2024|  

चोरीका मोटरसाईकल नर्सरीमा भेटिए
  | ७ आश्विन २०७३, शुक्रबार १८:०७

चोरी भएका २ वटा मोटरसाईकल प्रहरीले फेला परेको छ । मोटरसाईकल चोरी भएको उजूरीका आधारमा ति मोटरसाईकल कपासी नर्सरीमा फेला पारेको दाङ प्रहरीले जानकारी दिएको हो ।

byke

भदौ ३१ गते रामपुर गाविका–३ रामपुरका सशी सुनारको रा २ प ६९०१ र सोही गाविसका पलासेका कृष्ण थापाको रा ३ प ३४८३ नम्बरको पल्स मोटरसाईकल आफ्नै घरमा राखेको अवस्थामा चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले घोराही नगरपालिका २ कपासी स्थित नर्सरीमा फेला पारेको जनाएको छ । फेला पारेका मोटरसाईकल शुक्रबार नै प्रहरीले सम्वन्धित धनीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले जानकारी दिए ,