☰ open Loading... 17 April 2024|  

कर्मचारी अभावहुँदा शनिबार पनि कार्यालय सेवा
  | ८ आश्विन २०७३, शनिबार १६:१०

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्रहाक सेवा केन्द्र सल्लीवजारमा रहेको कार्यलयमा कर्मचारीको अभावका कारण सार्वजनिक विदाको दिनमा समेत कर्मचारी काम गर्दै आएका छन् ।

सुर्खेत वितरण केन्द्र राकम युनिट कार्यलय सल्लीवजार नामकरण दिएर विद्युत प्राधिकरणको कार्यलय सल्लीवजार सञ्चालनमा ल्याइएको हो ।

electricity

२ जना कर्मचारी भएकोले सुर्खेतको राकम गाविस, काप्रिचौर, बोटेचौर र सल्यानको देवस्थलको सल्लीवजार लगायतका गाविसहरुमा ति कर्मचारीले काम गर्दै आएका छन् ।

युनिट कार्यालयले विद्युत लाइनमा समस्या नयाँ जडान तथा महशुल लिने काम गर्दछ । विदाको दिनमा समेत २ जना कर्मचारीलाई काम गर्नमा भ्याई नभ्याई छ ।

सवै काम २ जनाले गर्दा निक्कै समस्या भएको नेपाल विधुत प्राधिकरण कार्यालय शाखा सल्लीवजारका प्रमुख लोकेन्द्रमान शाक्यले जानकारी दिए । कर्मचारी नहुदाँ २ जनाले काम गर्न निक्कै समस्या भएको शाक्यले बताए ।

सवै काम एकै साथ पर्न गएमा सार्वजनिक विदालाई समेत ध्यान नदिई कार्यालय सञ्चालन गर्ने गरेको शाक्यको भनाई छ । लाईन जडानको क्षेत्र विस्तारसँगै प्राधिकरण सल्लीवजारले विधुत सम्वन्धी काम गर्नमा समस्या भएको कार्यालयले जनाएको छ ।

आज (शनिबार) कार्यालयमा महसुल बुझाई रहेका सेवा ग्राहीले भने कार्यलयमा कर्मचारी अभावले विदाको दिनमा समेत आएर महुल बुझाउने गरेको बताएका छन् ।