☰ open Loading... 27 September 2023|  

दशैँ तिहारको शुभकामना आदान–प्रदान
  |

अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विभाग मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विजया दशैं तथा दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आफ्नै कार्यालयमा आयोजना गरिएको कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, शिक्षक, कर्मचारी जिल्लास्थित राजनीतिक दलहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

mu-photos

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका विभागीय प्रमुख तेज विक्रम बस्नेतको अध्यक्षता भएको कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्र कुमार कोइराला, रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल लगायतले विजया दशैं तथा शुभ–दीपावलीको अवसरमा नेपाली–नेपाली बीच सदैव आपसी सदभाव, सम्पूर्ण नेपालीहरुको सुख समृद्धि र हर्षाेल्लासको कामना गर्दै शुभकामना प्रदान गरेका थिए ।

उपकुलपति प्रा.डा.उपेन्द्र कुमार कोइरालाको कार्यकाल एक बर्ष पुगेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सहभागीहरुले विश्वविद्यालयले झल्दै आएका समस्याहरु समाधान गर्नमा एकमत रहेको बताएका थिए ।

कार्यक्रममा रजिस्ट्रार डा. महेन्द्र कुमार मल्ल, डीन खोपिराम लम्साल, ई. अनन्त राज घिमिरे, एमाले जिल्ला कमिटी उपाध्यक्ष अमृत विसी, सचिव मोहनसिंह बडुवाल, नव निर्वाचित स्ववियु सभापति झक्क बहादुर शाही, विश्वविद्यालय पुनरावेदन आयोगका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता भुषणकमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

!-- .entry-content -->