☰ open Loading... 24 April 2024|  

विकासे कार्यालयको लापरवाहीले नागरिकलाई सास्ती (फोटोफिचर
  | ८ आश्विन २०७३, शनिबार १९:४६

पश्चिम सुर्खेतको लगाम बजार नजिकै रहेको काठे पुल भाँच्चिएको छ । एक्कासी काठेपुल भाँचिएपछि आवतजावतमा निकै समस्या भएको स्थानीयबासीले बताएका छन ।

लगाममा पहिलो पटक गाडी पुग्दा बनेका तीन वटा काठेपुल मध्ये अहिलेसम्म २ वटा पुल भाँच्चिसकेका छन । बेतान हुँदै लगाम धनरास जोड्ने काठे पुल मध्ये सिमलखेत खोलामा रहको काठेपुल सवैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको छ ।

bannert
यी तीन वटै काठेपुलहरु पुलहरु लगामका जनताले आफै बनाएका हुन । लगाममा २०६३ सालतिर यी पुलहरु बनेको बताएको छ । पुलहरु भाँचिएपछि विशेषगरी विद्यार्थीलाई समस्या भएको छ ।

पश्चिम सुर्खेत जाने राजनीति गर्ने नेतादेखि सरकारी कर्मचारीहरुले यी पुलहरुको हालत देखेका छन । यी ठाउँहरुमा पक्की पुल बनाउन र काठकै पुललाई मर्मत गर्न पनि ध्यान दिएका छैन ।

lagam-way

काठको पुलहरु भएको ठाउँमा पक्की पुल बनाउन स्थानीय बासिन्दाले बारम्वार आग्रह गरेपनि अहिलेसम्म जिल्ला विकास समिति लगायतका सरोकारवाला निकायले सुनेको नसुने झै गरेका छन ।

lagam-way2

यी पुलहरुको मर्मतको लागि यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधीको ध्यान गएको छ न त आफुलाई जनताको प्रतिनिधी भन्ने राजनीतिक नेताहरुको नै ध्यान गएको छ । काठको पुलहरु हटाएर तत्काल पक्की पुल बनाउन सवै लगामबासीहरुको जोडदार माग छ ।