☰ open Loading... 18 April 2024|  

प्रेस सेन्टर ६ नंम्बर प्रदेश अध्यक्षमा बुढाथोकी निर्वाचित
  | १० आश्विन २०७३, सोमबार ०९:०४

dhurba-b

प्रेस सेन्टर नेपाल ६ नम्बरको प्रदेश अध्यक्षमा धुब्रविक्रम बुढाथोकी (रुकुम) निर्वाचित भएका छन् ।

बुढाथोकीले १५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी दीपेन्द्र शर्मा (जाजरेकाट) ले १२ मत ल्याएर पराजित भएका छन् ।

आइतबार वीरेनद्रनगरमा भएको सेन्टरको अधिवेशनले गएराती नयाँ कार्यसमिति चयन गरेको हो ।

जिल्लाका प्रतिनीधिहरुले २७ सदस्य छनौट गरी सदस्यहरु विचबाट नयाँ कार्यसमितिका लागि मतदान गरिएको थियो ।

तीन वर्षे कार्यसमितिको पदाधिकारीमा ९ जना छन् भने बाँकी १८ जना सदस्यमा निर्वाचित भएका छन् ।

विजयी कार्यसमितिलाई आज (सोमबार) विहान ११ बजे सपथ खुवाउने कार्यक्रम रहेको प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ का समावेशी उपाध्यक्ष टेकेन्द्र विश्वकर्माले जानकारी दिए ।

press-center-6