☰ open Loading... 30 May 2024|  

वेवारिसे अवस्थामा ६ सय राउण्ड गोली फेला
  | १० आश्विन २०७३, सोमबार १५:२०

जाजरकोट प्रहरीले भेरीमालिका ३ स्थित स्याँलापाखा सामुदायीक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला पारेको छ ।
जंगलको भिरमा छरिएर रहेको अवस्थामा विभिन्न क्यालीभरका गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।

goli6

जाजरकोट डोल्पा सडकको दक्षिण तर्फ १ सय मीटर तल उक्त परिमाणको गोली फेला परेका निरीक्षक बोहराले बताउनु भएको छ ।

golip1

सडकमा आवतजावत गर्ने क्रममा स्थानीयले गोली देखे पछि प्रहरीलाई खबर गरेको बोहराको भनाइ छ । फेला परेको गोली प्रहरी संगठनमा प्रयोग गरीने हतियारमा नलाग्ने खालको भएको बोहराले बताए ।

golip2

 ३ राउण्ड मात्र एस एमजीमा प्रयोग हुने खालको छ ।  सशस्त्र द्वन्द कालमा माओवादीले लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपरस्ट पारेर भागेको अनुमान गरीएको निरीक्षक बोहराले बताए ।

golip3

 २ बर्ष अघि प्रहरीले नगरपालिकाकै रिम्ना स्थित रानीबनमा ठुलो मात्रामा हतियार फेला पारेको थियो ।

golip5