☰ open Loading... 7 September 2024|  

३७ ग्रामिण तथा कृषि सडक मर्मत हुने
  | १० आश्विन २०७३, सोमबार १७:३०

सल्यानका ३७ वटा ग्रामिण तथा कृषि सडक मर्मत गरिने भएको छ । बर्षातको समयमा गएको पहिरो तथा खाल्डाखुल्डीका कारण अबरुद्ध रहेका ती सडक जिल्ला विकास समिति सल्यानले मर्मतका गर्ने भएको हो ।

जसको लागी जिल्ला विकास समिति सल्यानले २१ लाख बजेट बिनियोजन गरेको छ । दशैँ तिहार जस्ता चाडपर्बमा सहजता तथा नियमित गाडी संचालन गर्ने उद्देश्यले जिल्ला विकास समिति सल्यानले मर्मत गर्न थालेको जानकारी दिएको छ ।

जस अन्र्तगत चेपाङ–घुईयाबारी, झिगाने–बालुवा, चिसापानी–स्यानीपिप्ली, सडकलाई मर्मतको लागी एक÷एक लाख रुपैँयाँ छुट्याएको छ । यस्तै ढँुगेंबगर–पिङखोला, धनबाङ–फलाबाङ, रिखेवगर–गैरीकटेरी, खाली–सितलबजार, गर्पा–गोठिवन, लुहाम–सिम्ख, सालचौर–पुछाला, फलाटे–उचाल्ने, सुनौली –मैदुपोखरा, नेटा–बामे लगायत अन्य सडकलाई ५० हजारका दरले रकम छुटयाएको स्थानीय विकास अधिकारी रामचन्द्र पौडेलले बताए ।

यस्तै खैराबाङ, छाँयाक्षेत्र, रामपुर, सल्लीबजार, मोख्ला दमाचौर, लान्ती–स्यानीखाल, लेखपोखरा, काभ्रा लगायतका ११ वटा मझौला सडकमा प्राबिधिक कार्यालयले खटाएको पिटौली टोलीद्धारा मर्मत भैरहेको जिल्ला विकास समिति सल्यानले जानकारी दिएको छ ।