☰ open Loading... 30 May 2024|  

१० लाखका सामान चोर्ने पक्राउ
  | ११ आश्विन २०७३, मंगलवार १८:३४

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी भएको १० घण्टामा चोरीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । जुम्ला चन्दननाथ नगरपालिका घर भई हाल वीरेन्द्रनगर–५ चिसापानी बस्ने २० वर्षका मदनबहादुर थापाले सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

राती मंगलगढी चौक नजिकै रहेको रवि सापकोटाले संचालन गरेको पहाडी हार्डवयर एण्ड सप्लासयर्स पसलबाट १० लाख ३५ हजार बराबरको सामान चोरी भएको थियो ।

प्रहरीको बिशेष टोलीले उक्त सामान चोरी गर्ने थापालाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख (डिएसपी) बहादुर जंग मल्लले जानकारी दिए ।

उनले सामान चोरी भएको भएको १० घण्टामा नै थापालई पक्राउ गर्न सफल भएको बताए । यसबारेमा थप अनुसन्धान भैरहेको पनि मल्लको भनाई छ ।