☰ open Loading... 30 May 2024|  

८४ पिस लागु औषधसहित दुई पक्राउ
  | ११ आश्विन २०७३, मंगलवार १८:३९

सुर्खेत प्रहरीले रत्नराजमार्ग अन्तरगत लेखपराजुल–६ सत्तरी सनीमोडबाट ५ लिटर कोरेस र ८४ पिस अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी निरिक्षक केशवराज ज्ञवालीको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले पक्राउ गरेको हो ।

ग ४ प २९३९ नम्बरको मोटरसाईकलसहित वीरेन्द्रनगर १० खजुरा बस्ने २४ को विनय मल्ल र सोही ठाउँका वर्ष २८ का ललित जंग मल्ललाई पक्राउ गरिएको छ ।

चेकजाँचका क्रममा उनीहरुको साथबाट लागुऔषध बरामद भएको डिएसपी बहादुरजंग मल्लले जानकारी दिए । पक्राउ परेका मल्लद्वयलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय छिन्चु पठाइएको पनि मल्लको भनाइ छ ।